ग्राहक बन्नका लागि
मोरङ उद्योग व्यापार संघको ६८औं वार्षिक साधारण सभा
विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको हित सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढिरहेको...
विराटनगर । कोशी प्रदेशमा बेरुजु रकम घटेको छ । प्रदेश संरचनाको सात बर्षमा पहिलो पटक बेरुजु रकम घटेको महालेखा परीक्षकको कार्यालयले तयार पारेको सातांै प्रतिवेदनमा उल्लेख गरिएको छ ।...
विराटनगर । वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा रहेका कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई उनकै दल नेकपा एमालेका नेताहरूले भेटेर निर्माणाधिन आय...
विराटनगर । सीमा नाकाहरुबाट भइरहेको चोरीतस्करी, लागुऔषध ओसारपसारदेखि पहिचानका नाममा उठेको राजनीतिक आन्दोलनसम्मलाई कोशी प्रदेशको मुख्य सुरक्षा चुनौती भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीले ठहर गरेको छ । ‘पहिचानको नाममा भइरहेको आन्दोलन, पाथीभरा केवलकारको विवादले निम्त्याएको तनाव अहिले तत्कालका लागि सबैभन्दा ठूलो चुनौती भएको गोष्ठीको ठहर छ’, कोशीका एक उच्च प्रहरी अधिकारीले भने ‘खासगरी पहाडी जिल्लाहरुमा पहिचानको आन्दोलनले चुनौती थपेको कुरा रिपोर्टिङ भएको छ ।’ उनले भनेजस्तै गृहमन्त्री रमेश लेखकले पनि सोही विषयलाई चुनौती ठहर भएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । ...
विराटनगर । व्याकरण, न्याय, दर्शन र मीमांसाका विशिष्ट ज्ञाता अनन्त श्री विभूषित स्वामी जगन्नाथाचार्यलाई बिहीबार विराटनगरमा एक विशेष समारोहबीच सम्मान गरिएको छ। सनातन धर्म सेवा समिति विराटनगरद्वारा आयोजित कार्यक्रममा स्वामी जगन्नाथाचार्य (जीवन गौतम) लाई सम्मान गरिएको हो। कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले स्वामी जगन्नाथाचार्यलाई दोसल्ला ओढाएर, माला लगाई र सम्मानपत्र प्रदान गरी उच्च सम्मान प्रकट गरे । कार्यक्रमका संयोजक गोकुल अधिकारीको व्यवस्थापनमा सम्पन्न उक्त समारोहमा लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पीठाधीश अच्युत प्रपन्नचार्य, सनातन धर्म सेवा समितिका अध्यक्ष कविराज न्यौ...
विराटनगर । उमागौरी कृषि सहकारीको २२ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा उच्च अदालत विराटनगरले मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ । उच्च अदालतका कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले बिहीबार उक्त आदेश दिंदै आउँदो बिहीबारका लागि पेसी तोकेको रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए । यसअघि, जिल्ला अदालत मोरङको आदेशविरुद्ध सरकारी वकिल कार्यालयले दिएको निवेदनमा उच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको थियो । जसका कारण अन्जला कोइराला लगायतका प्रतिवादीलाई थुनामा राख्ने माग अनिर्णीत बनेपछि बिहीबारका लागि पेशी तोकिएको थियो । पेशीअघि अदालतले जिल्लाबाट मिसिल झिकाउने आद...
विराटनगर । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी–व्यवसायीहरुले बारम्बार उठाउँदै आएको विषय हो, सीमा नाकामा जारी रहेको तस्करी धन्दा । तस्करीधन्दा खुलेआम हुने गरेकै कारण स्वदेशी उद्योगी र राज्यले क्षति बेहोरिरहेको बताउने उद्योगी व्यवसायीहरुको भनाइमा गृहमन्त्री रमेश लेखक स्वयम् सहमत भएका छन् । गृहमन्त्री लेखकले बुधबार ‘कोशीका नाकाहरुबाट तस्करी धन्दा चलिरहेको’ खुलासा गरेका छन् । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटनका क्रममा गृहमन्त्री लेखकले कोशीका नाकाहरुबाट तस्करीधन्दा चलिरहेको मात्रै बताएनन्, ३० दिनभित्र ‘देखिने र अनुभूति हुने गरी तस्करी...
काठमाडौँ, ३१ वैशाख । सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु १२ खर्ब ८४ अर्ब नाँघेको छ । बुधबार सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/८१ मा मात्रै ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुजु थपिएको छ । महालेखापरीक्षकको ६२ औं प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ । अद्यावधिक बेरुजु गतवर्षको भन्दा नौ दशमलव ४५ प्रतिशतले बढेको छ । त्यस्तै, अति...
विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजले व्यवस्थापन संकायतर्फ कक्षा १२ का विद्यार्थीहरूको विदाई गरेको छ । शुक्रबार सिटी प्यालेसमा कलेजको व्यवस्थापन संकायका ७१३ जना विद्यार्थीहरूलाई विदाई गरेको हो । कलेजका संस्थापक गुणराज ढुंगेलले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई कलेजले विदाई गरेको बताउँदै जहाँ विद्यार्थीहरूको आगामी उज्वल भविष्यको कामना गरेका थिए । उनले जहाँ पुगेपनि मेरिल्याण्ड कलेजलाई स्मरण गर्दै अझ धेरै प्रगति गर्न आग्रह गरे । कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विद्यार्थीहरूको हितलाई सँधैभरी ध्यान दिएर अध्यापन गरेका कारण नजितामा पनि कलेज उत्कृष्ट रहेको बताए । कलेजले आगामी शैक...
विराटनगर, ३१ बैशाख । पतञ्जली योग समिति विराटनगर महानगर समितिले आफ्नो अथक प्रयास र समर्पणबाट विराटनगरमा योगको लहर ल्याएको छ। स्थापनाको छोटो समयमै समितिले ९०० भन्दा बढी योग्य योग शिक्षकहरू उत्पादन गरी स्वास्थ्य र योग क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ। अध्यक्ष शिल्पा प्याकुरेल (इन्दिरा) को गतिशील नेतृत्वमा समितिले महानगरका हरेक वडामा योगलाई पुर्याउने लक्ष्य लिएको छ। यसै अनुरूप, हालसम्म विराटनगरका १९ वटै वडामा ३८ वटा योग साधना केन्द्र सफलतापूर्वक सञ्चालन भइरहेका छन्। समितिको उल्लेखनीय उपलब्धिहरूमा ८२४ जना सह-योग शिक्षक र ८८ जना उप-योग शिक्षकलाई प्रदान गरिएको तालि...
विराटनगर । क्रिकेटर ललित राजवंशी आफ्नै वडामा नगदसहित सम्मानित भएका छन् । विराटनगर महानगरपालिका–१४ का वडाध्यक्ष सुर्यनारायण महतोले राजवंशीलाई ५० हजार रुपैयाँको चेकसहित सम्मानित गरेका हुन् । क्रिकेटर राजवंशी विराटनगर–१४ निवासी हुन् । उनलाई वडाका अन्य जनप्रतिनिधि र अगुवा समाजसेवीसहितको उपस्थितिमा सम्मानित गरिएको वडाध्यक्ष महतोले बताए । ललितले क्रिकेट खेलका माध्यमबाट आफ्नो गाउँ समुदायकै गौरव बढाएका कारण सम्मानित गरिएको उनले जानकारी दिए ।
विराटनगर । तेस्रो लेखक दिवसका अवसर पारेर नेपाली लेखक संघ कोशी प्रदेश र उदयपुर शाखाले स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम गरेको छ । उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने दुईजना स्रष्टालाई सम्मान गरिएको थियो । कार्यक्रममा गोवर्द्धन तामाङ र तेजनारायण शेर्पा ‘रञ्जन’ लाई सम्मान गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा गोपाल भण्डारी, लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारी, संघका प्रदेश महासचिव समेत रहेका प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, उदयपुर शाखा अध्यक्ष वासुदेव पोखर...
विराटनगर । विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पहिलो चरणमा ५० हजार रूपैयाँ विराटनगर महानगरलाई हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि ‘ख’ वर्गका वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १ लाख रूपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरूप इन्भेष्टमेन्ट एण्ड फाइनान्सले पहिलो चरणमा ५० हजार रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । मंगलबार महानगरका मेयर नागेश कोइरालालाई इन्भेष्टमेन्ट एण्ड फाइनान्सका शाखा प्रमुख हरिबहादुर श्रेष्ठ र अप्रेसन इञ्चार्ज मुकेश दाहालले ५० हजार रूपैयाँक...
विराटनगर । गीतकार नारायण खतिवडाको शब्द सिर्जना रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको ‘स्वार्थी संसार’ गीतमा लक्ष्मण शेषको संगीत सिर्जना एवं स्वरुपराज आचार्यको स्वर छ । वरिष्ठ संगीतकार लक्ष्मण शेषको लामो समयपछि कमब्याक भएको छ । ‘स्वार्थी संसार’ गीतलाई नमस्ते नेपाल डिजिटल स्टूडियोबाट यू ट्युवमा र विभिन्न अन्तर्राष्ट्रिय अडियो तथा भिडियो प्लेटफर्म मार्फत सार्वजनिक गरिएको छ । बहुसंख्यक मानिसहरूले समयक्रममा स्वार्थ प्रेरित कुनै न कुनै अनुभव र घटना ब्यहोरेको भाव र सन्देश सो गीतमा रहेको छ । हिजोआज मानिसहरू आफन...
विराटनगर । नेपालको सीमा जोडिएको भारतको बिहार राज्यको पूर्णियामा नेपाल भारत साझेदारी शिखर सम्मेलन, २०२५ हालै सम्पन्न भएको छ । ‘छिमेकीसँगका सहकार्यलाई तिव्रता’ विषयमा आधारित उक्त सम्मेलनमा नेपालका तर्फबाट नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशले सहभागिता जनाएको छ । सम्मेलनको आयोजना भने सब-हिमालयन रिसर्च इन्सटिच्यूट, नेपाल भारत सेन्टर र पी एच डी च्याम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज नयाँदिल्लीले गरेको हो । सम्मेलनमा नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष मुकेश उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार...
विराटनगर । विराटनगरका पत्रकारहरूलाई पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको आयोजनामा आइतबार सम्पन्न ऊक्त कार्यत्रममा सञ्चार तथा आमसञ्चार विषयका विज्ञ डा. भानुभक्त आचार्यले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणका क्रममा डा. आचार्यले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा एआई प्रविधिको बढ्दो उपयोग, यसको सम्भावना र चुनौतीबारे विस्तृत जानकारी गराएका थिए । कार्यक्रममा विशेषगरी च्याटजीपीटी, डिपसिक, जेमिनी बाहेकका अन्य प्रमुख एआई उपकरणहरूको परिचय र व्यवहारिक प्रयोगका तरिकाबारे अवगत गराइयो । साथै, समाचार ले...
हरित वित्त भन्नाले वातावरणमैत्री परियोजनाहरूमा लगानीलाई जनाउँछ जसले जलवायु परिवर्तनको असर घटाउने र दिगो विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राख्दछ । जैविक विविधतायुक्त राष्ट्र नेपालमा हरित वित्तको उपयोग ऊर्जा, वन संरक्षण, फोहोर व्यवस्थापन, जल स्रोत संरक्षण र कृषि आधुनिकीकरणमा अत्यन्त प्रभावकारी हुन सक्छ । यसका लागि सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय दातृ निकायबीच सहकार्य आवश्यक छ । हरित ऋण, हरित बन्ड र जलवायु वित्त जस्ता संयन्त्रहरूलाई नीति निर्माणको प्राथमिकतामा राखेर नेपालले वातावरण संरक्षण र समृद्धिसँगै प्राप्त गर्न सक्छ । हरित वित्त एक बहुआयामिक अवधारणा हो जसले मानव कल्याण र सामाज...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved