ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । कांग्रेसको तर्फबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीले मुख्यमन्त्री हिक्मत कुमार कार्की...
विराटनगर । विराटनगरका कतिपय चमेनागृह (क्यान्टिन) अस्वच्छता र सीमित खानेकुराले ग्रसित भैरहेको बेलामा कोशी अस्पतालले भने ती समस्याहरु भुलाउने चमेनागृह पाएको छ । अस्पताल, विद्यालय,...
विराटनगर । प्रदेशस्थित नेताहरूलाई मन्त्रालय भागबण्डाको गाँठो फुकाउन सकस परिरहेका बेला एमाले र नेकपाले केन्द्रबाटै पाँचबुँदे निर्देशन जारी गरेर मन्त्रालय भागबण्डा सहज बनाइदिएका छन् । केही समययता एमाले र नेपाली कम्युनिष्ट पार्टी कोशीका नेताहरू सिलसिलेवार छलफल र बैठकमा व्यस्त छन् । प्रदेशमा सत्ता सहकार्य हुने भएपछि छलफलमा बसिरहेका दुई दलका नेताहरूले केही सैद्धान्तिक सहमति गरे पनि मन्त्रालय भागबण्डाको गाँठो फुक्न सकेको थिएन । केन्द्रबाट मंगलबार जारी भएको पाँचबुँदे सहमतिले भागबण्डा सहज बनाएको र बुधबार सम्भवतः कोशीमा टुंगो लाग्ने एमाले नेता रेवतीरमण भण्डारीले जानकारी दिए ।...
विराटनगर । विश्व आदिवासी दिवस एवं तेस्रो नगर अधिवेशनले नेपाल आदिवासी जनजाति महासंघ विराटनगरको नगर समन्वय परिषद् सचिवालयमा नौ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । अध्यक्ष बाहेक अन्य पदमा पदाधिकारी सर्वसम्मत चयन भएका छन् । अध्यक्षका लागि नेपाल तामाङ घेदुङबाट विष्णुकुमारी तामाङ र नेवाः देय दवुबाट सुनिलकुमार श्रेष्ठबीच निर्वाचन भएको थियो । सो अधिवेशनमा विराटनगरमा सूचीकृत भएका १८ जातिमध्ये १४ जातिको सहभागिता रहेको थियो । १४ जातिका एक÷एक प्रतिनिधि मतदानमा सहभागी भएका थिए । जसअनुसार विष्णुकुमारी तामाङ १२ मत प्रँप्त गरीे विजयी भएकी थिइन् । सचिवालयको उपाध्यक्षमा क्रमशः विष्णुकुमारी र...
विराटनगर । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज तथा सिरहामा भएका घटनाको निष्पक्ष छानबिनका लागि तत्काल स्वतन्त्र र सर्वस्वीकार्य न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिले जारी गरेको प्रेस विज्ञप्तिमा घटनापछि सरकारले सम्झौता गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नगरेको आरोप लगाइएको छ । सम्झौता कार्यान्वयनको माग गर्दै विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा समेत सरकारले चासो नदेखाएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले देवानगञ्ज–कप्तानगञ्ज, सिरहा लगायतका स्थानमा राज्यको दमनका का...
काठमाडौं । खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखामा कार्यरत कर्मचारीहरूले बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी करीब १ करोड ३० लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । शाखाका ९८ जना बचतकर्ताको नाममा ऋण देखाउने, मुद्दति तथा व्यक्तिगत बचत खातामा रहेको रकम निकाल्ने र संस्थामा आबद्ध नै नभएका व्यक्तिलाई समेत ऋणी बनाएको पीडितहरूको आरोप छ । पोखरामा प्रधान कार्यालय रहेको उक्त संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त लघुवित्त वित्तीय संस्था हो । प्रचण्ड शाखाअन्तर्गत खत्याड गाउँपालिकाका विभिन्न क्षेत्...
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डेरी स्कुलको एभरेष्ट स्काउट ट्रुपको आज दीक्षान्त समारोह सम्पन्न भएको छ । नेपाल स्काउट कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको प्रमुख आतिथ्यतामा एभरेष्ट ट्रुपका सदस्यता तह तर्फका ३० महिला र १० पुरुष गरि ४० जना तथा बीपी पीक तहका महिला पुरुष गरि ११ जनालाई दीक्षित गरिएको हो । दिक्षितहरुलाई स्काउटका लिडरहरूले सपथग्रहण गराए । विद्यालयका प्रिन्सिपल तथा एभरेष्ट ट्रुपका इकाई अध्यक्ष टिकाराम पुरीको अध्यक्षतामा भएको कार्यक्रममा स्काउटका स्थानीय तह प्रमुख नविन पहाडी, विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशीका कोष...
विराटनगर । उपभोक्ता हित संरक्षण मञ्च–नेपालको आयोजनामा आइतबार विराटनगरमा ‘नसर्ने रोगका कारणहरू र रोकथामसम्बन्धी नागरिक समाजको पैरवी तथा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यशाला’ सम्पन्न भयो । अस्वस्थकर खानपान, सुर्तीजन्य पदार्थ तथा मदिराको प्रयोगका कारण तीव्र रूपमा बढिरहेको नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानियाँले नसर्ने रोगको बारेमा नागरिकलाई सचेत गराउनुपर्नेमा जोड दिए । उनले यस अभियानको मुख्य लक्ष्य उपभोक्त...
काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्ना पिता जर्ज मेस्सीको निधनपछि फुटबल गतिविधिबाट अनिश्चितकालीन विश्राम लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । फ्रेन्च खेल वेबसाइट फुट मर्काटोलाई उद्धृत गर्दै विभिन्न अर्जेन्टिनी सञ्चारमाध्यमले आठ पटकका बालोन डीओर विजेता मेस्सीले परिवारसँग समय बिताउन र शोकको घडीमा आफ्ना नजिकका आफन्तको साथमा रहन व्यावसायिक फुटबलबाट केही समय टाढा रहने निर्णय गरेको उल्लेख गरेका छन् । रिपोर्टअनुसार ६८ वर्षीय जर्ज मेस्सीको लामो समयदेखि स्वास्थ्य समस्या रहेकाले अर्जेन्टिनाको रोसारियोस्थित एक क्लिनिकमा उपचारका क्रममा निधन भएको हो । जर्ज मेस्सीको न...
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित ‘कृत्रिम बुद्धिमत्ता, डिजिटल युग र सामाजिक सञ्जाल’ विषयक कविता प्रतियोगितामा अर्पिता न्यौपाने प्रथम भएकी छन् । ४८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उत्कृष्ट प्रस्तुतिसहित पहिलो स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा रिजु अधिकारी र विभूति विष्ट द्वितीय तथा प्रिया दर्नाल र सन्ध्या धमला तृतीय भए । त्यसैगरी केशव झा, खान्सा तनविर र सहिष्णुता बरालले सान्त्वना स्थान हासिल गरे । कूल ९२ जना सहभागीमध्येबाट दोस्रो चरणका लागि ४८ जना कवि छनोट भएका थिए । विद्यार्थीमा सिर्जनात्मक क्षमताको विकास गर्दै समसामयिक प्रविधिका विषयमा स्वतन...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । साथै तराई भू–भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै आज राती देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशक...
काठमाडौं । चलचित्र ‘गौँथली’ को १७ औँ दिनमा पनि व्यापार उस्तै छ । देशभरका शो हाउसफूल छन् । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आज पनि उच्च अकुपेन्सीमा चलेको छ । प्रदर्शनको तेस्रो आइतबार (हिजो) सम्म देशभरबाट कुल १३ करोड ६४ लाख ४६ हजार ५ सय ३५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस चलचित्रका ४ लाख ९४ हजार ९ सय १५ वटा टिकट बिक्री भइसकेका छन् । यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये सबैभन्दा धेरै कमाउने सिनेमा ‘गौंथली’ बनेको छ । डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ,...
काठमाडौं । झारखण्ड लोकतान्त्रिक क्रान्तिकारी मोर्चा (जेएलकेएम) का नेता देवेन्द्रनाथ महतोले थालेको आमरण अनशन बुधबार ११औँ दिनमा प्रवेश गरेको छ । स्वास्थ्य अवस्था कमजोर बनेपछि अस्पताल भर्ना गरिए पनि उनले अनशन जारी राखेका छन् । झारखण्ड लोक सेवा आयोग (जेपीएससी) र झारखण्ड कर्मचारी छनोट आयोग (जेएसएससी) ले सञ्चालन गरेका भर्ती परीक्षामा अनियमितता भएको आरोप लगाउँदै लाखौं विद्यार्थीको पक्षमा महतोले आन्दोलन गरिरहेका हुन् । विद्यार्थी संगठनहरूले माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउँदै जनआन्दोलनमा रूपान्तरण गर्ने चेतावनी दिएका छन् । आन्दोलनको क्रममा गत अगस्ट १० मा राँचीमा आयोजित ‘विधानसभा घे...
जापान घुम्न जाने नेपालीका लागि टोकियोका अग्ला भवन, तीव्र गतिका रेल, अत्याधुनिक प्रविधि र चम्किला बजार आकर्षणका विषय बन्न सक्छन् । तर जापानलाई नजिकबाट नियाल्दा प्रविधिभन्दा पनि अर्को कुरा बढी प्रभावशाली लाग्छ—त्यहाँको अनुशासन, अरूलाई असहज नबनाउने संस्कार र सार्वजनिक जीवनमा देखिने जिम्मेवारीबोध । राजधानी टोकियो तथा आसपासका क्षेत्रमा यात्रा गर्दा यसको अनुभूति पटक–पटक हुन्छ । हातमा पानी, जुस वा अन्य पेय पदार्थका खाली बोतल बोकेर हिंडिरहेका मानिस देखिन्छन् । तर बाटोमा जहाँ पायो त्यही फाल्ने होइन, घर, कार्यालय वा उपलब्ध डस्टबिनसम्म पुर्याउने बानी उनीहरूको दैनिकीको हिस्सा बनेको देख...
रुविना श्रीकार «पर्खाइ मिठो हुन्छ, जब फर्किने मान्छेले बाटो बिर्सिएको हुँदैन। म पनि सुन्दर परिवार, मायालु श्रीमान् र दुई छोरीसँग उज्ज्वल भविष्यको सपना बोकेर उहाँको प्रतीक्षामा थिएँ। तर त्यो पर्खाइ कहिल्यै पूरा भएन।’ यी शब्दहरू भोजपुरको पौवादुङ्मा गाउँपालिकाकी २६ वर्षीया निरुता तामाङ (नाम परिवर्तन) का हुन्। आँखाभरि आँसु, अनुहारभरि थकान र मनभरि पीडा बोकेर उनी आफ्नो जीवनको सबैभन्दा कठिन अध्याय सुनाइरहेकी थिइन्। टाढा कतै शून्यमा हेरिरहेकी उनी आफ्ना शब्दभन्दा बढी आफ्ना मौнताले बोलिरहेकी थिइन्। आजभन्दा करिब ६ वर्षअघि निरुताको मागी विवाह भएको थियो। विवाहपछि उनक...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved