Biratnagar, Morang, Nepal
३० वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराटनगरको सेन्ट्रल मलमा हर्ष जिन्सको नयाँ शोरुम

युवा लक्षित पहिरन उपलब्ध
उद्‌घोष सम्वाददाता
२९ वैशाख २०८२, सोमवार

विराटनगर । युवाहरूको रोजाइलाई ध्यानमा राख्दै विराटनगरस्थित सेन्ट्रल मलमा हर्ष जिन्स ब्राण्डको तयारी कपडा पसल सञ्चालनमा आएको छ। सेन्ट्रल मलको सेन्ट्रल बजारमा खुलेको यो पसल सेन्ट्रल मलका सञ्चालक राकेश जैन र हर्ष जिन्स ब्राण्डका सञ्चालक अमित अग्रवालको संयुक्त लगानीमा सोमबारदेखि सुरु भएको हो।

सेन्ट्रल मलको स्टल नम्बर १४ र १५ गरी दुईवटा कोठामा फैलिएको यस पसलको उद्‌घाटन सञ्चालकद्वय जैन र अग्रवालले संयुक्त रूपमा गरेका हुन्। सञ्चालक अग्रवालले हर्ष जिन्स ब्राण्डले विगत ६ वर्षदेखि देशभरिका ७७ जिल्लामा आधिकारिक विक्रेतामार्फत आफ्नो उत्पादन बिक्री गर्दै आएको जानकारी दिए। तर, सेन्ट्रल मलमा पसल खोलेर सोझै उपभोक्तालाई बिक्री गर्न पाउँदा उत्साहित भएको उनले बताए। युवा वर्गको मागलाई मध्यनजर गर्दै हर्ष जिन्सको कपडा पसल सञ्चालनमा ल्याइएको उनको भनाइ छ।

अग्रवालले नेपाली युवाहरूको चाहनाअनुसारको रङ, साइज र फिटिङमा आधारित उच्च गुणस्तरको हर्ष जिन्स ब्राण्ड भएको दाबी गरे। चीनमा उत्पादित यी पहिरनमा हर्ष जिन्सको ब्राण्ड लेबल लगाइएको छ र नेपालमा तयारी कपडाको रूपमा बिक्री भइरहेको छ। विगत ६ वर्षदेखि हर्ष जिन्सले नेपालका सबै जिल्लामा आधिकारिक विक्रेतामार्फत कपडा बिक्री गरिरहेको छ। यस पसलमा पाइन्ट, टी–सर्ट, सर्ट, हाफपाइन्ट, ऊनी स्वीटरलगायत मौसमअनुसारका हर्ष ब्राण्डका तयारी कपडाहरू न्यूनतम रु. २५०० देखि अधिकतम रु. ४००० सम्ममा उपलब्ध छन्।

तयारी कपडाको बजारमा रु. १०,००० सम्म मूल्य लिएर ब्राण्डेड कपडा बिक्री गरिरहेका कम्पनीहरूलाई चुनौती दिँदै हर्ष जिन्सले त्यही गुणस्तरको तयारी कपडा ५० प्रतिशतसम्म छुटमा अर्थात् अधिकतम रु. ४,००० मा बिक्री सुरु गरेको बताइएको छ। तयारी कपडा पसलको उद्‌घाटनको  अवसरमा एक हप्तासम्म उपभोक्तालाई १० प्रतिशतसम्म छुट दिइने सञ्चालक राजेश जैनले जानकारी दिए।

View : 117

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved