विराटनगर । विराटनगर–१० स्थित कोशी विद्या मन्दिर(केभीएम) ले आफ्नो शैक्षिक क्यालेन्डरअनुसार विद्यार्थीहरूको नेतृत्व चयन गरेको छ ।
विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले मतदान गरी नेतृत्व चयन गरेको प्रिन्सिपल चुडाचन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार, विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्यास र आचरणका बारे व्यावहारिक जानकारी दिने उद्देश्यका साथ नेतृत्व चयन गरिएको हो ।
विहीबार घोषण गरिएको मत परिणामअनुसार प्रसिद्धी पोखरेल विद्यालय क्याप्टेनमा निर्वाचित भएकी छन् । त्यस्तै भाइस क्याप्टेन सुरज मण्डल निर्वाचित भएका छन् ।
त्यस्तै हाउसअन्तर्गत रेड हाउस क्याप्टेन शंकर सिंह, भाइस क्याप्टेन विप्लव गौतम र अनिसा खड्का, एल्लो हाउस गौरी मेहता, भाइस क्याप्टने आदर्श साह र आँचल यादव निर्वाचित भएका छन् ।
ग्रिन हाउस क्याप्टेन करण साह, भाइस क्याप्टेन राजनन्दिनी मेहता र हमिद राजा र ब्लु हाउसतर्फ क्याप्टेन प्रनिल मगर, भाइस क्याप्टेन प्राञ्जल निरौला र आर्फा खातुन निर्वाचित भएका छन् ।
View : 84
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved