Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

स्वामी जगन्नाथाचार्य सम्मानित

उद्‌घोष संवाददाता
१ जेठ २०८२, बिहिवार

विराटनगर ।  व्याकरण, न्याय, दर्शन र मीमांसाका विशिष्ट ज्ञाता अनन्त श्री विभूषित स्वामी जगन्नाथाचार्यलाई बिहीबार विराटनगरमा एक विशेष समारोहबीच  सम्मान गरिएको छ। सनातन धर्म सेवा समिति विराटनगरद्वारा आयोजित कार्यक्रममा स्वामी जगन्नाथाचार्य (जीवन गौतम) लाई सम्मान गरिएको हो।

कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले स्वामी जगन्नाथाचार्यलाई दोसल्ला ओढाएर, माला लगाई र सम्मानपत्र प्रदान गरी उच्च सम्मान प्रकट गरे । कार्यक्रमका संयोजक गोकुल अधिकारीको व्यवस्थापनमा सम्पन्न उक्त समारोहमा लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पीठाधीश अच्युत प्रपन्नचार्य, सनातन धर्म सेवा समितिका अध्यक्ष कविराज न्यौपाने, माधव काफ्लेलगायत विशिष्ट व्यक्तित्वहरूले स्वामी जगन्नाथाचार्यको बहुआयामिक व्यक्तित्व र सनातन धर्ममा उनको अमूल्य योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए।

 अवसरमा, सनातन धर्म सेवा समितिले नियमित रूपमा आयोजना गर्दै आएको सनातन सन्देश प्रवचन सभामा स्वामी जगन्नाथाचार्यले आफ्नो ज्ञानगर्भ प्रवचन प्रस्तुत गरेका थिए, जसबाट उपस्थित श्रोताहरू लाभान्वित भएका थिए।

View : 702

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved