ग्राहक बन्नका लागि
विराटनगर । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा मोरङमा ३०६ वटा मतदान स्थल कायम गरिएको छ । मतदान केन्द्र भने ८८८ रहेको कोशी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए । २०७९ सालको आम निर्वाचनमा भन्दा यसपटक मोरङमा ३९ वटा मतदान केन्द्र थपिएको जनाइएको छ । एक मतदान केन्द्र बराबर एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन जना कर्मचारी र एक जना कार्यालय सहयोगी रहने व्यवस्था भएको अधिकारीले बताए ।...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved