Biratnagar, Morang, Nepal
२ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

१ अर्ब ५७ करोड रुपैयाँको हुण्डी कारोबारमा संलग्न विराटनगरका दुई जना पक्राउ

उद्‌घोष संवाददाता
२ असोज २०८३, शुक्रवार

Advertisement

सुनसरी । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा उनीहरूले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खातामार्फत ठूलो रकमको हुन्डी कारोबार गरेको खुलेपछि पक्राउ गरिएको हो ।

प्रहरीले हुन्डीसम्बन्धी कारोबारमा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिका–१५ रानी बस्ने ४६ वर्षीय शम्भु प्रसाद साह र विराटनगर–१७ का ३४ वर्षीय सुरज प्रसाद साहलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूको खातामार्फत एक अर्ब ५७ करोड ६४ लाख ३२ हजार ३ सय ४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुन्डी कारोबारमा प्रयोग भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका दुवै जनालाई सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ लगायतका कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

View : 2060

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved