इटहरी । उच्च अदालत विराटनगर बारका पूर्वअध्यक्ष तथा वरिष्ठ कानुन व्यवसायी योगेन्द्रकुमार शर्मा न्यौपानेको ८० वर्षको उमेरमा निधन भएको छ ।
न्यौपानेको २०८३ साल भदौ २९ गते बिहान ८ः२५ बजे आफ्नै निवास इटहरी–६, पिस जोज मार्गमा उपचारका क्रममा निधन भएको हो ।
न्यौपाने विगत पाँच वर्षदेखि लिभर सिरोसिसबाट पीडित थिए । लामो समयदेखि उपचाररत उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि आफ्नै निवासमा उपचारका क्रममा निधन भएको परिवारजनले जनाएको छ ।
स्वर्गीय न्यौपानेका पत्नी शारदा न्यौपाने, छोरा डा. योगेश न्यौपाने र छोरी इन्जिनियर उषा न्यौपाने रहेका छन् । उनको निधनले कानुन व्यवसायी तथा न्याय क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै आफन्त, सहकर्मी तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन् ।
स्वर्गीय न्यौपानेको पार्थिव शरीरलाई आजै दिउँसो १ बजे इटहरी–६ पिसजोन मार्गबाट अन्तिम संस्कारका लागि बुढीगंगा–इटहरी आर्यघाट लगिने भएको जनाइएको छ ।
View : 106
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved