Biratnagar, Morang, Nepal
२९ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

उद्योगी घिमिरेलाई ‘इन्डष्ट्रियल एण्ड बिज्नेश लिडरसीप एक्सिलेन्स अवार्ड’

उद्‌घोष संवाददाता
२८ भदौ २०८३, आइतवार

Advertisement

विराटनगर । नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं विराटनगरका सफल उद्योगी भीमप्रसाद घिमिरे ‘इन्डष्ट्रियल एण्ड बिज्नेश लिडरसीप एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएका छन् । 

कोशी प्रदेशमा रहेर उद्योग तथा व्यापार क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव बोकेका घिमिरेले औद्योगिक नीति निर्माणमा गरेको योगदान तथा व्यवसायिक सफलताको कदर स्वरुप सम्मानित भएका हुन् ।

उनलाई उद्योग–व्यवसायको विकास, रोजगारी सिर्जना, उद्यमशीलताको प्रवद्र्धन, संस्थागत नेतृत्व तथा सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सिजन मिडिया नेपालले आफ्नो १८ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा सम्मानित गरेको हो ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले उद्योगी घिमिरेलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । 

सिजन मिडिया प्रालिका अध्यक्ष प्रदीपराज वन्तले एशियाली क्षेत्रको उद्योग व्यवसाय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने उद्योगी व्यवसायीहरूलाई सम्मानित गरिएको जानकारी दिए ।

View : 39

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved