Biratnagar, Morang, Nepal
२५ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरका चर्चित छाला रोग विशेषज्ञ डाक्टर के.एन. ठाकुरको निधन

उद्‌घोष संवाददाता
२५ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर । चिकित्सक डा. कृष्णानन्द ठाकुर (के.एन. ठाकुर) को ७८ वर्षको उमेरमा निधन भएको छ ।

चर्चित छाला रोग विशेषज्ञ डा. ठाकुरको बिहीबार बिहान १०ः४० बजे हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

विराटनगर-१३ निवासी डाक्टर ठाकुरले आफ्नो जीवनकालमा १०९ पटक रक्तदान गरेका थिए ।

उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । छोरा डा. अस्मितानन्द ठाकुर विराटनगरमा कार्यरत छन् ।

छोरी इन्जिनियर स्मृति ठाकुर युनिसेफ डेनमार्कमा कार्यरत छिन् भने अर्की छोरी डा. श्रुति ठाकुर नयाँदिल्लीमा छाला रोग विशेषज्ञका रूपमा कार्यरत छिन् ।

डा. ठाकुरको निधनले चिकित्सा क्षेत्र तथा परिवारजनमा दुःख व्यक्त गरिएको छ ।

छोरीहरू विराटनगरमा आएपछि शनिबार विराटनगरमै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

View : 201

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved