विराटनगर । तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीसँगको ‘टसल’ का कारण मन्त्रालयबाट प्रदेश लोकसेवा आयोगमा खटाइएका सचिव आस्मान तामाङ त्यहाँबाट पनि तानिएका छन् ।
मंगलबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सचिव तामाङलाई प्रदेश लोकसेवा आयोगबाट तानेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानेको हो । मंगलबारकै बैठकमा प्रदेश लोकसेवा
आयोगमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिवश आचार्यलाई कामकाजमा खटाउने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए ।
मुख्यमन्त्री कार्यालयमा तानिएका सचिव तामाङ गत जेठ २२ को मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश लोकसेवा आयोगमा खटाइएका थिए । उनी तीन महिनामै मुख्यमन्त्री कार्यालयमा तानिएका हुन् ।
प्रवक्ता शेर्पाका अनुसार प्रदेश सरकारद्वारा गत असार २९ को निर्णय अनुसार कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात सम्भावना अध्ययन कार्यदलको म्याद ६० दिन थप गर्ने निर्णय गरेको छ ।
बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटभन्दा बाहिरबाट सत्ताधारी दलहरूको दलीय संयन्त्रले बुझाएको न्यूनतम् साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गराउन लेखेरै पठाउने निर्णय गरेको हो ।
त्यसैगरी भदौ १० मा भोटेकोशी बाढीका कारण रसुवा लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षति पश्चात राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउन कोशी प्रदेश मन्त्रिपरिषद् तथा सचिवालयमा कार्यरत कर्मचारीहरूको सात दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको जनाइएको छ ।
View : 39
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved