Biratnagar, Morang, Nepal
१४ वैशाख २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी
मोरङको जहदा गाउँपालिकाले दियो शिक्षक कर्मचारीलाई परिचय पत्र
उद्घोष सम्वाददाता १३ वैशाख २०८१, बिहिवार

विराटनगर । मोरङको जहदा गाउँपालिकाले शिक्षकहरूलाई परिचय पत्र वितरण कार्य सुरु गरेको छ । पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई गाउँपालिकाको तर्फबाट परिचय पत्र वितरण सुरु गरेको जनाइएको छ । गाउँपालिका अन्तरगत नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालय गरी ३० वटा सामुदायिक विद्यालयमा कार्यरत करिव तीन सय शिक्षक, कर्मचारी तथा बाल विकास शिक्षकलाई समेत परिचयपत्र वितरण गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । शिक्षकहरूलाई गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेन, शिक्षा अधिकृत दीपक खनाल लगायतले परिचयपत्र प्रदान गरेका थिए । गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाटै शिक्षकहरूलाई परिचय...

समाज
झी पुचः ले विराटनगरमा नेवा महोत्सव गर्दै
उद्घोष सम्वाददाता १३ वैशाख २०८१, बिहिवार

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले विराटनगरमा नेवा महोत्सवको तयारी अघि बढाएको छ । भाषा तथा सांस्कृतिक क्षेत्रको संरक्षण, सर्म्वद्धन र जगेर्ना गर्ने उद्देश्यले शुक्रबारदेखि दुई दिने चौथो नेवाः महोत्सव आयोजना गरिएको आयोजक संस्ता झी पुचः ले जनाएको छ । महोत्सवमा नेवारी तथा अन्य जातीय समुदायले बनाउने विभिन्न स्वादिष्ट परिकारहरूको स्टल, स्वदेशी हस्तकला एवं सांस्कृतिक प्रस्तुतिहरू रहने जनाइएको छ । झी पुचः ले महोत्सवकै पूर्वसन्ध्यामा शुक्रबार कोशी प्रदेशभरिका प्राज्ञिक, बुद्धिजीवी, विज्ञ एवं नेवाः संघसंस्थाहरूको प्रतिनिधित्व रहने गरी बृहत अन्तरक्रियात्मक भेला ‘तमुज्याँ&r...

राजनीति
प्रमुख उम्मेदवारहरु आज अन्तिम चुनावी सभामा
उद्घोष सम्वाददाता १२ वैशाख २०८१, बुधवार

विराटनगर । इलामको क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि आज बुधबार राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । त्यसअघि नै प्रमुख र उम्मेदवारहरु बुधबार अन्तिम चुनावी सभामा जुटेका छन् । घरदैलो लगायतको प्रचारात्मक कार्यक्रम सकेर उम्मेदवारहरु अन्तिम सभामा जुटेका हुन् । नेकपा एमालेले चुलाचुली गाउँपालिका–२ स्वामीचोकमा अहिले चुनावी गरिरहेको छ । सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्दैछन् । एमालेबाट सुहाङ नेम्बाङ उम्मेदवार रहेका छन् । उनलाई जिताउने अभियानमा नेकपा माओवादी केन्द्र र नेकपा विप्लवले साथ दिएका छन् । स्वामीचोकको सभालाई नेकपा माओवादी केन्द्रका उप...

राष्ट्रिय
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
रासस १३ वैशाख २०८१, बिहिवार

काठमाडौँ, १३ वैशाख । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिए । प्रमुख पोखरेलका अनुसार नाम परिवर्तका लागि कामपाले गत चैत २१ गते सार्वजनिक सूचना गरेको थियो । सूचनामा विदेशी नाम भएका संस्थागत विद्यालयलाई  नेपालीपन झल्कने गरी नाम राख्न भनिएको थियो । शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १५४ (...

आर्थिक
युवा पलायनविरुद्ध युवाहरूकै प्रयास
उद्घोष सम्वाददाता १३ वैशाख २०८१, बिहिवार

विराटनगर । देशबाट भइरहेको युवा पलायन रोक्न युवा क्षेत्रकै सरोकारवालाहरूले प्रयास सुरु गरेका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यम समितिले नेपाली बजारमा युवा विकास र अवसरहरूबारे सरोकारवालाहरूसँग छलफल गर्न लागेको हो । विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा बैशाख १६ कार्यक्रम हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । सीएनआइवाइएफ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष मुनन रिजालले नेपाली आर्थिक क्षेत्रको विकासमा  युवाहरूको भूमिका हुने भएकोले उनीहरूलाई विदेश पलायनबाट रोक्नका लागि सबै क्षेत्रमा बहस सुरु हुनुपर्ने बताए । उनले युवाहरूका लागि विकास र अवसरहरूको वृद्धि गर्दै विदेश नै...

शिक्षा
मोरङको जहदा गाउँपालिकाले दियो शिक्षक कर्मचारीलाई परिचय पत्र
उद्घोष सम्वाददाता १३ वैशाख २०८१, बिहिवार

विराटनगर । मोरङको जहदा गाउँपालिकाले शिक्षकहरूलाई परिचय पत्र वितरण कार्य सुरु गरेको छ । पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई गाउँपालिकाको तर्फबाट परिचय पत्र वितरण सुरु गरेको जनाइएको छ । गाउँपालिका अन्तरगत नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालय गरी ३० वटा सामुदायिक विद्यालयमा कार्यरत करिव तीन सय शिक्षक, कर्मचारी तथा बाल विकास शिक्षकलाई समेत परिचयपत्र वितरण गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । शिक्षकहरूलाई गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेन, शिक्षा अधिकृत दीपक खनाल लगायतले परिचयपत्र प्रदान गरेका थिए । गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाटै शिक्षकहरूलाई परिचय...

स्वास्थ्य
खेलकुद
कोशी प्रदेश राष्ट्रिय महिला टिम लिग छनोटको शीर्ष स्थानमा
उद्घोष सम्वाददाता १३ वैशाख २०८१, बिहिवार

सुनसरी । गण्डकीमाथि ३–० को सहज जित निकाल्दै कोशी प्रदेश टिम राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा बुधबार बिहान भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । यसअघि सुदूरपश्चिम प्रदेश विरुद्ध २–१ तथा कर्णालीमाथि ३–० को जित निकालेको कोशी टिम ९ अंकका साथ शीर्ष स्थानमा पक्कड जमाउन सफल बनेको हो । दोस्रो स्थानमा रहेको सुदूरपश्चिम र मधेस प्रदेशको समान ३–३ अंक छ । कोशीलाई बुधबार सतप्रतिशत जित दिलाउन समीक्षा मगरले दुई र ममता राउतले एक गोल गरिन् । पहिलो हाफको...

साहित्य
श्रष्टा समाज कोशी प्रदेशमा मार्सेली
उद्घोष सम्वाददाता ११ वैशाख २०८१, मङ्गलवार

विराटनगर। नेपाल श्रष्टा समाज कोशी प्रदेशको संयोजकमा कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ लाई चयन गरिएको छ । विराटनगरमा आइतबार आयोजित कार्यक्रममा भण्डारीको संयोजकत्वमा ७ सदस्यीय कोशी प्रदेश तदर्थ समितिको चयन गरिएको हो । समितिको सहसंयोजकमा बाबुराम पोखरेल(विराटनगर), सचिवमा लक्ष्मी पोखरेल(विराटनगर), कोषाध्यक्षमा प्रेम ओझा(पाँचथर) र सदस्यहरूमा शारदा भट्टराई (भोजपुर), मिश्रा गुरुङ (संखुवासभा) र खगिन्द्रा खुशी (झापा) रहेका छन् । नेपाल श्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ र महासचिव देविका तिम्सिनाको उपस्थितिमा कोशी प्रदेश समिति गठन गरिएको संयोजक भण्डारीले जानकारी दिए । कोश...

वातावरण
कोशी प्रदेशको पहाडी क्षेत्रसहित बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
उद्घोष सम्वाददाता ७ वैशाख २०८१, शुक्रवार

काठमाडौँ, ७ वैशाख । शुक्रबार कोशी प्रदेशका पहाडी भागका केही स्थानसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यसैगरी  देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको हो । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागम...

मनोरञ्जन
विराटनगरमा शनिबार इन्द्रेणी सांगीतिक साँझ हुँदै
उद्घोष सम्वाददाता १४ वैशाख २०८१, शुक्रवार

विराटनगर । इन्द्रेणी कला प्रतिष्ठान विराटनगरले शनिबार विराटनगरमा सुमधुर सांगीतिक साँझ कार्यक्रम गर्ने भएको छ । विराटनगर वसपार्कस्थित राधाकृष्ण (आरके) पार्टीप्यालेसमा हुने सो सांगीतिक साँझमा राष्ट्रिय कलाकार रामा मण्डल, नीतिन गजुरेल, प्रवलदीप विश्वासको प्रमुख प्रस्तुती रहने भएको छ । विभिन्न मनोरञ्जनात्मक प्रस्तुती रहने सो कार्यक्रममा गायक विभूतिराज कोइराला, जय चौधरी, संगीता यादव, कृष्ण दोषी, प्रतिमा खवास, डीबी बस्नेत, प्रमोद श्रेष्ठ, शारदा आरनलगायत दर्जन बढी कलाकारको प्रस्तुती हुने आयोजक इन्द्रेणी कला प्रतिष्ठानका कोषाध्यक्ष नीतिनचन्द्र गजुरेलले बताए । नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष...

अन्तर्राष्ट्रिय
पाकिस्तानमा एकसाता परेको चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु
उद्घोष सम्वाददाता ३ वैशाख २०८१, सोमवार

लाहोर, ३ वैशाख । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो ।  पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । ’मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न, &l...

प्रविधि
अपाचेको आरटीआर १६०–टूभी रिफ्रेस सार्वजनिक
उद्घोष सम्वाददाता १० वैशाख २०८१, सोमवार

विराटनगर । टीभीएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टूभी रिफ्रेस विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे, एन्टर्क, रेडर, आइक्युव जस्ता बाइक तथा स्कुटरहरू उपलब्ध गराउँदै आएको थियो । टीभीएस बाइक र स्कुटरमा आधुनिक विशेषताहरु समावेश गर्दै प्रयोगकर्ताहरु माँझ प्रभाव पार्न सफल भएको जनाइएको छ । अपाचेको नयाँ मोडल आरटीआर १६०–टूभी रिफ्रेसमा कम्पनीले विभिन्न विशेषताहरू थप गरी नेपाली बजारमा सार्वजनिक गरेको हो ।  आरटीआर १६०–टूभी रिफ्रेसमा १६० सीसी आरटीआर इन्जिन रहेको कम्पनीले जन...

विचार
सबैको ध्यान इलाम २ मा
डीपी ढुंगेल १० वैशाख २०८१, सोमवार

लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन हो । जनताद्वारा छानिएका जनप्रतिनिधिले देश सञ्चालन गर्ने अन्तर्राष्ट्रिय विधि नै लोकतन्त्रको विशेषता हो । कोशी प्रदेशको इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । विसं २०७९ सालको संसदीय निर्वाचनबाट निर्वाचित पूर्व सभामुख सुवासचन्द्र नेवाङको देहान्तपछि इलाम क्षेक्र नम्बर २ रित्त थियो । निर्वाचन आयोगको कार्यालयले यही वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । जसले गर्दा अहिलेको राजनीति इलाम क्षेत्र  नम्बर २ मा तातेको छ । इलाममा यतिखेर २० राजनीतिक दलहरु तथा अन्य स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारपचारमा व्यस...

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved