Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेशसभा सचिव पराजुलीले लिए सपथ

उद्घोष सम्वाददाता
९ वैशाख २०८१, आइतवार

विराटनगर । दोस्रो पटक नियुक्त भएका कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले आइतबार पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । 

सभामुख अम्बरबहादुर बिष्टले सभाका सचिव पराजुलीलाई सपथग्रहण गराएका हुन् । धनकुटाको साविक चुङवाङ गाविस हाल पाख्रिबास नगरपालिका–१० मा जन्मिएका पराजुली सानै उमेरमा निजामती सेवामा प्रवेश गरेका थिए ।

उनी ४० वर्ष निजामती सेवामा रहेर सहसचिव पदबाट सेवा निवृत्त हुनै लाग्दा पहिलो प्रदेश सभा सचिवको रुपमा २०७६ बैशाख ९ गते नियुक्त भएका थिए ।

पराजुलीलाई सभामुख बिष्टको सिफारिसमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खाफुङ्गले आइतबारदेखि लागू हुने गरी बैशाख ३ मै दोस्रो कार्यकालका लागि नियुक्त गरेका हुन् । नियुत्त भएका पराजुलीले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा उपसभामुख सृजना दनुवार, प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईँसहित प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी, संसदीय मामिलासम्वद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

View : 42

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved