Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

स्रष्टा लता गिरी सम्मानित

उद्‌घोष संवाददाता
१० वैशाख २०८१, सोमवार

विराटनगर । नेपाल स्रष्टा समाजले विराटनगर–३ निवासी  स्रष्टा लता गिरीलाई नगदसहित सम्मान गरेको छ । सानै उमेरदेखि शिक्षा तथा साहित्यिक क्षेक्रमा रुचि राखेर काम गर्दै आएकी ८६ वर्षीया गिरीलाई नगद १५ हजारसहित सम्मान गरिएको हो ।

विराटनगरमा आयोजित  एक कार्यत्रममा संस्थाका अध्यक्ष ओम श्रेष्ठ (रोदन), संस्थाका कोशी अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली), साहित्यसेवी बलराम पोखरेल, विवश पोखरेल, देविका तिमिल्सिना, सरला चापागाईंलगायतले माला तथा दोसल्ला ओढाएर उनलाई सम्मान गरेका थिए । 

कार्यक्रममा साहित्यकार विवश पोखरेलले गिरीका सामाजिक तथा साहित्यिक जीवनका बारेमा प्रकाश पारेका थिए । गिरीका तीन भजन संग्रह प्रकाशित छन् । साथै उनले गीत तथा कविताहरु पनि रचना गरेकी छन् ।

View : 476

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved