ग्राहक बन्नका लागि
डोटी, ३२ साउन । दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ । रासस
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved