सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ स्थित गछिया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा उमेश वस्ती विजयी भएका छन् । वस्तीको नेतृत्वमा समितिको नयाँ कार्यसमिति चयन भएको हो ।
अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा उमेश वस्तीले सर्वाधिक २६७ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी रामबहादुर सेलुवालले २०० मत प्राप्त गर्दा नवीन दाहालले १७६ र बाबुकृष्ण दाहालले १०० मत प्राप्त गरेका थिए ।
समितिका अन्य पदाधिकारीहरूमा पनि नयाँ नेतृत्व चुनिएको छ । उपाध्यक्ष पदमा ईश्वरबहादुर दाहालले २६८ मतसहित जित दर्ता गरए । सचिव पदमा तोयानाथ न्यौपाने (कमल) २७२ मत ल्याएर विजयी भए भने कोषाध्यक्ष पदमा देवीबहादुर भण्डारी (रामकाजी) ले ३६१ मतका साथ विजय हासिल गरे ।
लेखा संयोजकमा राजेन्द्र श्रेष्ठ ३६५ मत प्राप्त गरी विजयी भए, सो पदमा कुल ६०६ मत खसेको थियो । लेखा सदस्यमा टंकमणि न्यौपाने विजयी भए भने गणपति बास्तोला र लक्ष्मी श्रेष्ठ सापकोटाले समान २४५ मत पाएका छन् ।
खुल्ला सदस्यतर्फ केदारप्रसाद कोइराला, मन्दिरा धमला, दिलिप पराजुली र देवीप्रसाद ढकाल निर्वाचित भएका छन् । महिला सदस्य पदमा देवीमाया खत्री, बिमला श्रेष्ठ र रेखा चौधरीले विजय प्राप्त गरे ।
गछिया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा कुल मतदाता संख्या १ हजार ३२ रहेको थियो, जसमध्ये ७ सय ८७ मत खसेको निर्वाचन समिति सदस्य लोकेन्द्र काफ्लेले जानकारी दिए । नयाँ नेतृत्वले गछिया क्षेत्रको खानेपानी र सरसफाइ व्यवस्थापनमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ ।
View : 56
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved