Biratnagar, Morang, Nepal
२६ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

सानोभ-याङ काष्ठ उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

उद्‌घोष सम्वाददाता
३० साउन २०८१, बुधवार

काठमाडौँ, ३० साउन । काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङ  स्थित काष्ठ उद्योगमा मङ्गलबार राति आगलागी हुँदा रु २० लाख बढीको क्षति भएको छ ।

राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको इचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासि आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एक घण्टासम्म लागेको आगलागी तीन दमकलको सहायतामा नियन्त्रणमा लिइएको जानकारी दिए ।

आगलागी भएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर आगलागी नियन्त्रणमा ल्याएको थियो ।

विद्युत् ‘सर्ट’बाट आगलागी भएको थियो ।  रासस
 

View : 216

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved