उदयपुर । उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा बुधबार विहान १४ वर्षीया वालिका र २८ वर्षीय युवकको शव फेला परेको छ ।
अमलचौरी गाउँको बाटोमा लडिरहेको अवस्थामा १४ वर्षीया मन्जु राईको शव भेटिएको हो ।
त्यहाँबाट दुई सय मिटर पर २८ वर्षीय रविन राईको शव झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयय बेल्टारका प्रहरी निरीक्षक वविन राईले जानकारी दिए ।
स्थानीयले बाटोमा वालिकाको शव देखेर प्रहरीलाई खवर गरेका थिए । त्यसपछि प्रहरी पुगेर खोजतलास गर्दा दुईसय मिटर नजिकै रविनको पनि शव भेटिएको जनाइएको छ ।
घटनास्थलमा अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।
View : 101
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved