सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–९ मा रहेको बालसदन एकेडेमीकी विद्यार्थी रेवा काफ्लेले काठमाडौंमा भएको राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत तेक्वान्दो खेलको पुम्से विधामा काँस्य पदक जित्न सफल भएकी छन् ।
नगर, जिल्ला तथा प्रदेश स्तरमा स्वर्ण पदक जित्दै १५औ राष्ट्रपति रनिङ शिल्डको लागि कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेलेकी उनले काँस्य पदक जितेको विद्यालयका प्रबन्ध निर्देशक सूर्य दंगालले जानकारी दिए ।
पदक बिजेता काफ्लेलाइ विद्यालयले एक कार्यक्रमको आयोजना गरी नगदसहित सम्मान गरेको प्राचार्य निरज ढकालले बताए ।
View : 38
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved