विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले युवा उद्यमशिलता तथा नवप्रवर्तनका लागि मार्गदर्शन प्रदान गर्न ‘इन्क्युवेशन सेन्टर’ स्थापना गरेको छ । सीएनआईको युवा उद्यम समिति अन्तरगत विराटनगरको बरगाछीस्थित कार्यालयमा इन्क्युवेशन सेन्टर स्थापना गरिएको हो ।
उक्त सेन्टरको पूर्व रक्षामन्त्री हरि उप्रेतीले उद्घाटन गरेका छन् । उनले युवा वर्गलाई उद्यमशीलतामा जोड्नका लागि इनक्युवेशन सेन्टरको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न युवाहरूमा नवप्रवर्तनशीलताको सोच आवश्यक रहेकोले त्यसको सुरूवात इनक्युवेशन सेन्टरमार्फत गर्नुपर्ने बताए ।
सीएनआईका कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले इन्क्युवेशन सेन्टरबाट उद्यम सुरू गर्न चाहने नव उद्यमीहरूलाई आवश्यक तालिम, सल्लाह, नेटवर्किङका साथै सुरूवाती चरणमा विज्ञहरूबाट सहयोग प्रदान गरिने जानकारी दिए ।
युवा उद्यम समितिका अध्यक्ष मुनन रिजालले प्रदेशभरिका युवा उद्यमीहरूलाई उद्यमशिलताका साथ सक्षम बनाउने लक्ष्यका साथ इन्क्युवेशन सेन्टर स्थापना गरिएको बताए । कार्यक्रममा सीएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे लगायतको उपस्थिति थियो ।
View : 48
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved