Biratnagar, Morang, Nepal
४ असार २०८२, बुधवार
+977 21 450305, 515728, 578305
समाज

चार हजार किलोग्राम गाँजा बरामद

उद्‌घोष सम्वाददाता
४ असार २०८२, बुधवार

सुनसरी । इटहरी–२० स्थित तरहरा जंगल नजिकै कोशी लोकमार्गबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले जाँचको क्रममा ना ५ ख ६११६ नम्वरको ट्रकमा ७० वटा प्लास्टिकको बोरामा हाली माथिबाट बन्दाकोवी र आलुको बोराले छोपी ल्याउँदै गरेको अवस्थामा २ हजार १ सय किलोग्राम गाँजा बरामद गरेको हो । 

गाँजा बरामद भएसँगै ट्रक चालक धनकुटा शहीदभूमी गाउँपालिका–६ का राजेन्द्र राईसहित सोही स्थानका सुनिल राई र बराहक्षेत्र–९ का सुमन राईलाई नियन्त्रणमा लिइएको छ । 

जाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले पाख्रिवास नगरपालिका–८ का नारायणप्रसाद राईलाई ९ किलो ९०० ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ ।

यसअघि सोमबार धरान–१३ शिवधारास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको अदुवा र बन्दाकोवी बोकेको प्रदेश १–०२–००२ ख ०८४८ नम्वरको ट्रकमा जाँचको क्रममा ७० वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको २ हजार १ सय ३० किलोग्राम गाँजा बरामद भएको थियो ।

View : 43

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved