Biratnagar, Morang, Nepal
१६ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

महानगरले राख्यो डिजिटल नागरिक वडापत्र

उद्‌घोष सम्वाददाता
१५ वैशाख २०८२, सोमवार

विराटनगर । विराटनगर महानगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ । महानगर परिसरमा स्थापना गरिएको डिजिटल नागरिक वडापत्रको मेयर नागेश कोइरालाले शुभारम्भ गरे ।

वडापत्रमा महानगरपालिका तथा वडा कार्यालयमार्फत प्रवाह हुने सम्पूर्ण सेवाहरूका बारेमा जानकारी प्राप्त हुनेछ । 

महानगरपालिकाबाट सार्वजनिक हुने सूचना तथा समाचारहरूसमेत वडापत्रमार्फत हेर्न सकिने आईटी शाखाकी इन्जिनियर अर्चना कर्णले जानकारी दिइन् । 

उनका अनुसार मोबाइल चलाउन जान्ने सबैले वडापत्रमार्फत महानगरबाट प्रवाह हुने सेवासहितका महानगरसँग सम्बन्धित अन्य जानकारीहरू पनि प्राप्त गर्न सक्ने छन् । वडापत्रमा सुन्ने र पढ्ने दुवै सुविधा उपलब्ध रहेको छ । 

जनप्रतिनिधि, विभिन्न महाशाखा प्रमुख, शाखा प्रमुखसहित कर्मचारीहरूको विवरणसमेत राखिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले प्रवाह गर्ने सबै सेवा र गतिविधिहरू पारदर्शी रुपमा हेर्न र बुझ्न सजिलो भएको बताए ।

View : 58

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved