Biratnagar, Morang, Nepal
१४ वैशाख २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी
कोशी सरकारले १८८ (२) अनुसार विश्वासको मत लिनु नपर्ने जिकिर
उद्घोष सम्वाददाता १४ वैशाख २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने अवस्था नरहेको जिकिर गरेका छन् । उनले उक्त उपधारा (२) बमोजिम मुख्यमन्त्री विश्वासको मत लिनुपर्ने व्यवस्था स्वीकार गरेपनि कोशीको हकमा लागू नहुने दाबी गरेका हुन् ।  प्रदेश सभाबाट बहुमतले पारित भएको संकल्प प्रस्तावको निर्देशन अनुसार नयाँ सरकार गठनको मार्ग प्रसस्त गर्न राजिनामा दिनु पर्ने माग पनि अस्वीकार गरेका छन् । बैशाख ७ गते प्रदेश सभाबाट पारित भएको संकल्प प्रस्तावको प्रति प्रदेश सभा सचिवालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुख...

समाज
झी पुचः ले विराटनगरमा नेवा महोत्सव गर्दै
उद्घोष सम्वाददाता १३ वैशाख २०८१, बिहिवार

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले विराटनगरमा नेवा महोत्सवको तयारी अघि बढाएको छ । भाषा तथा सांस्कृतिक क्षेत्रको संरक्षण, सर्म्वद्धन र जगेर्ना गर्ने उद्देश्यले शुक्रबारदेखि दुई दिने चौथो नेवाः महोत्सव आयोजना गरिएको आयोजक संस्ता झी पुचः ले जनाएको छ । महोत्सवमा नेवारी तथा अन्य जातीय समुदायले बनाउने विभिन्न स्वादिष्ट परिकारहरूको स्टल, स्वदेशी हस्तकला एवं सांस्कृतिक प्रस्तुतिहरू रहने जनाइएको छ । झी पुचः ले महोत्सवकै पूर्वसन्ध्यामा शुक्रबार कोशी प्रदेशभरिका प्राज्ञिक, बुद्धिजीवी, विज्ञ एवं नेवाः संघसंस्थाहरूको प्रतिनिधित्व रहने गरी बृहत अन्तरक्रियात्मक भेला ‘तमुज्याँ&r...

राजनीति
कोशी सरकारले १८८ (२) अनुसार विश्वासको मत लिनु नपर्ने जिकिर
उद्घोष सम्वाददाता १४ वैशाख २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने अवस्था नरहेको जिकिर गरेका छन् । उनले उक्त उपधारा (२) बमोजिम मुख्यमन्त्री विश्वासको मत लिनुपर्ने व्यवस्था स्वीकार गरेपनि कोशीको हकमा लागू नहुने दाबी गरेका हुन् ।  प्रदेश सभाबाट बहुमतले पारित भएको संकल्प प्रस्तावको निर्देशन अनुसार नयाँ सरकार गठनको मार्ग प्रसस्त गर्न राजिनामा दिनु पर्ने माग पनि अस्वीकार गरेका छन् । बैशाख ७ गते प्रदेश सभाबाट पारित भएको संकल्प प्रस्तावको प्रति प्रदेश सभा सचिवालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुख...

राष्ट्रिय
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
रासस १३ वैशाख २०८१, बिहिवार

काठमाडौँ, १३ वैशाख । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिए । प्रमुख पोखरेलका अनुसार नाम परिवर्तका लागि कामपाले गत चैत २१ गते सार्वजनिक सूचना गरेको थियो । सूचनामा विदेशी नाम भएका संस्थागत विद्यालयलाई  नेपालीपन झल्कने गरी नाम राख्न भनिएको थियो । शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १५४ (...

आर्थिक
युवा पलायनविरुद्ध युवाहरूकै प्रयास
उद्घोष सम्वाददाता १३ वैशाख २०८१, बिहिवार

विराटनगर । देशबाट भइरहेको युवा पलायन रोक्न युवा क्षेत्रकै सरोकारवालाहरूले प्रयास सुरु गरेका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यम समितिले नेपाली बजारमा युवा विकास र अवसरहरूबारे सरोकारवालाहरूसँग छलफल गर्न लागेको हो । विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा बैशाख १६ कार्यक्रम हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । सीएनआइवाइएफ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष मुनन रिजालले नेपाली आर्थिक क्षेत्रको विकासमा  युवाहरूको भूमिका हुने भएकोले उनीहरूलाई विदेश पलायनबाट रोक्नका लागि सबै क्षेत्रमा बहस सुरु हुनुपर्ने बताए । उनले युवाहरूका लागि विकास र अवसरहरूको वृद्धि गर्दै विदेश नै...

शिक्षा
मोरङको जहदा गाउँपालिकाले दियो शिक्षक कर्मचारीलाई परिचय पत्र
उद्घोष सम्वाददाता १३ वैशाख २०८१, बिहिवार

विराटनगर । मोरङको जहदा गाउँपालिकाले शिक्षकहरूलाई परिचय पत्र वितरण कार्य सुरु गरेको छ । पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई गाउँपालिकाको तर्फबाट परिचय पत्र वितरण सुरु गरेको जनाइएको छ । गाउँपालिका अन्तरगत नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालय गरी ३० वटा सामुदायिक विद्यालयमा कार्यरत करिव तीन सय शिक्षक, कर्मचारी तथा बाल विकास शिक्षकलाई समेत परिचयपत्र वितरण गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । शिक्षकहरूलाई गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेन, शिक्षा अधिकृत दीपक खनाल लगायतले परिचयपत्र प्रदान गरेका थिए । गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाटै शिक्षकहरूलाई परिचय...

स्वास्थ्य
खेलकुद
चौथो मिल्स गोल्डकप: पेमा युवा क्लब फाइनलमा
उद्घोष सम्वाददाता १४ वैशाख २०८१, शुक्रवार

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेल मैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा युवा क्लब फाइनलमा पुगेको हो ।  जितको लागि पेमा युवा क्बलको तर्फबाट मिलन राई, समीर राई र कुलदीप कार्कीले गोल गरे । प्रहरीको तर्फबाट सान्तवना गोल उज्जल राईले फर्काए । जितसँगै पेमा युवा क्लबले  शनिबार हुने फाइनल खेलमा उपाधिको लागि सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग खेल्नेछ । प्रतियोगिताको प्लेयर अफ द म्याच पेमा य...

साहित्य
श्रष्टा समाज कोशी प्रदेशमा मार्सेली
उद्घोष सम्वाददाता ११ वैशाख २०८१, मङ्गलवार

विराटनगर। नेपाल श्रष्टा समाज कोशी प्रदेशको संयोजकमा कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ लाई चयन गरिएको छ । विराटनगरमा आइतबार आयोजित कार्यक्रममा भण्डारीको संयोजकत्वमा ७ सदस्यीय कोशी प्रदेश तदर्थ समितिको चयन गरिएको हो । समितिको सहसंयोजकमा बाबुराम पोखरेल(विराटनगर), सचिवमा लक्ष्मी पोखरेल(विराटनगर), कोषाध्यक्षमा प्रेम ओझा(पाँचथर) र सदस्यहरूमा शारदा भट्टराई (भोजपुर), मिश्रा गुरुङ (संखुवासभा) र खगिन्द्रा खुशी (झापा) रहेका छन् । नेपाल श्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ र महासचिव देविका तिम्सिनाको उपस्थितिमा कोशी प्रदेश समिति गठन गरिएको संयोजक भण्डारीले जानकारी दिए । कोश...

वातावरण
कोशी प्रदेशको पहाडी क्षेत्रसहित बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
उद्घोष सम्वाददाता ७ वैशाख २०८१, शुक्रवार

काठमाडौँ, ७ वैशाख । शुक्रबार कोशी प्रदेशका पहाडी भागका केही स्थानसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यसैगरी  देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको हो । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागम...

मनोरञ्जन
नीतिनको ‘मेरा तस्वीरहरु जलाइ देऊ’ (भिडियो)
उद्घोष सम्वाददाता १४ वैशाख २०८१, शुक्रवार

विराटनगर । विराटनगरका गायक नीतिनचन्द्र गजुरेलको नयाँ गीत ‘मेरा तस्वीरहरु जलाई देऊ’ युट्युवमार्फत सार्वजनिक भएको छ । इन्द्रेणी कला प्रतिष्ठानको पहिलो प्रस्तुती रहेको यो सांगीतिक भिडियो बुधबार सार्वजनिक गरिएको हो ।  ‘मेरा तस्वीरहरु जलाइ देऊ’ सांगीतिक प्रस्तुतीमा गायन नीतिनचन्द्र गजुरेलको छ भने  संगीत शंकर स्माइल, रचनाकार मुनालशिशिर कोइराला, मोडलिङमा दिपेश कोइराला र सभ्यता गिरीको छ । मुनालशिशिर कोइरालाको निर्देशनमा बनेको सो सांगीतिक भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् ।  रोमान्टिक गायकको रुपमा नीतिनको सांगीतिक प्रस्तुती बेजोड हुने गरेको र पछिल्लो...

अन्तर्राष्ट्रिय
पाकिस्तानमा एकसाता परेको चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु
उद्घोष सम्वाददाता ३ वैशाख २०८१, सोमवार

लाहोर, ३ वैशाख । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो ।  पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । ’मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न, &l...

प्रविधि
अपाचेको आरटीआर १६०–टूभी रिफ्रेस सार्वजनिक
उद्घोष सम्वाददाता १० वैशाख २०८१, सोमवार

विराटनगर । टीभीएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टूभी रिफ्रेस विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे, एन्टर्क, रेडर, आइक्युव जस्ता बाइक तथा स्कुटरहरू उपलब्ध गराउँदै आएको थियो । टीभीएस बाइक र स्कुटरमा आधुनिक विशेषताहरु समावेश गर्दै प्रयोगकर्ताहरु माँझ प्रभाव पार्न सफल भएको जनाइएको छ । अपाचेको नयाँ मोडल आरटीआर १६०–टूभी रिफ्रेसमा कम्पनीले विभिन्न विशेषताहरू थप गरी नेपाली बजारमा सार्वजनिक गरेको हो ।  आरटीआर १६०–टूभी रिफ्रेसमा १६० सीसी आरटीआर इन्जिन रहेको कम्पनीले जन...

विचार
सबैको ध्यान इलाम २ मा
डीपी ढुंगेल १० वैशाख २०८१, सोमवार

लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन हो । जनताद्वारा छानिएका जनप्रतिनिधिले देश सञ्चालन गर्ने अन्तर्राष्ट्रिय विधि नै लोकतन्त्रको विशेषता हो । कोशी प्रदेशको इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । विसं २०७९ सालको संसदीय निर्वाचनबाट निर्वाचित पूर्व सभामुख सुवासचन्द्र नेवाङको देहान्तपछि इलाम क्षेक्र नम्बर २ रित्त थियो । निर्वाचन आयोगको कार्यालयले यही वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । जसले गर्दा अहिलेको राजनीति इलाम क्षेत्र  नम्बर २ मा तातेको छ । इलाममा यतिखेर २० राजनीतिक दलहरु तथा अन्य स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारपचारमा व्यस...

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved