Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

साजन पार्टी प्यालेसको दोस्रो शाखा पिपलचोकमा

उद्‌घोष सम्वाददाता
२९ चैत २०८१, शुक्रवार

विराटनगर । विराटनगरको बरगाछीस्थित ओम साजन पार्टी प्यालेसले धरानरोडको पिपलचोकमा दोस्रो पार्टी प्यालेस सञ्चालनमा ल्याएको छ । 

बिहीबार भव्य कार्यक्रम गरी नयाँ पार्टी प्यालेसको औपचारिक शुभारम्भ गरिएको सञ्चालक साजन कामतले जानकारी दिए । 

नयाँ पार्टी प्यालेसमा करिब ५ सय जना मानिस अटाउन सक्ने ब्याङ्क्वेट हलसहित विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सवसहित अन्य भेला तथा सेमिनार गर्न सकिने सुविधा रहेको कामतले बताए । 

दुवै पार्टी प्यालेसमा क्याटरिङको पनि सुविधा रहेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश सांसद भीम पराजुली, नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ का सभापति विनोद बस्नेत, कांग्रेस नेता विश्वनाथ रिजाल, गोग्राहा माविका व्यवस्थापन समिति अध्यक्ष सुनिलकुमार पौडेललगायत विराटनगरका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

View : 497

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved