Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
समाज

युवा उद्यमी मञ्च विराटनगरको अध्यक्षमा संजीव सिग्देल

उद्‌घोष सम्वाददाता
३१ जेठ २०८२, शनिवार

विराटनगर । नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको अध्यक्षमा सञ्जीव सिग्देल सर्वसम्मत चयन भएका छन् । 

शुक्रबार सम्पन्न भएको मञ्चको २१ औं अधिवेशनबाट सिग्देलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको जनाइएको छ ।

मञ्चको प्रथम उपाध्यक्षमा रोमन कट्टेल, द्वितीय उपाध्यक्षमा रितेश खनाल चयन भएका हुन् । सदस्यहरूमा संयम श्रेष्ठ, अभिषेक केडिया, उत्कृष्ट भट्टराई, अंकिता गिरी, सागरराज ढुंगाना, अर्नेष्ट श्रेष्ठ, अनुभव दाहाल र अभिषेक अग्रवाल चयन भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष सिग्देलले मञ्चले अघि बढाएका राम्रा कामलाई निरन्तरता दिएर आफ्नो कार्यकालमा ग्लोबल प्ल्याटफर्ममा लैजानका लागि अझ रचनात्मक गतिविधि गर्ने बताए । 

उनले युवा जनशक्ति विदेश पलायन रोक्न युवालाई नेपालमै उद्यमशिलता र रचनात्मक कार्यक्रममा संलग्न गराउन अभिप्रेरित गर्ने बताए ।

साथै, आफूलाई निर्विरोध अध्यक्ष चयन गर्न सहयोग गर्ने निवर्तमान अध्यक्ष शुभम् भट्टराईसहित सवैलाई धन्यवाद दिए ।

अध्यक्ष सिग्देल विराटनगरको अग्रणी ढुवानी सेवाप्रदायक कम्पनी स्वस्तिका ट्रान्सपोर्टका सञ्चालक समेत हुन् ।

View : 194

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved