विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाईलो बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा माओवादी निकट अखिल क्रान्तिकारीका अनिश कार्की निर्वाचित भएका छन् । अनिशले नेविसंघका मनोज कार्कीलाई एक भोटले पराजित गरेका हुन् ।
अखिल क्रान्तिकारीका अनिशले ५६ मत प्राप्त गरेका छन् । त्यस्तै नेविसंघका मनोजले ५५ मत प्राप्त गरेको जनाइएको छ । अनेरास्ववियुका सभापतिका उम्मेदवार उपेन्द्र पौडेलले ४६ मत प्राप्त गरेका हुन् ।
सचिवमा स्वतन्त्र उम्मेदवार शिशिर कोइराला निर्वाचित भएका छन् । उनले ६२ मत प्राप्त गरेका हुन् ।
कोषाध्यक्षमा अनेरास्ववियुकी विनादेवी पाण्डे निर्वाचित भइन् । अनेरास्ववियुबाटै दुई सदस्यमा बिनिता बस्नेत र रविन भण्डारी निर्वाचित भएको जनाइएको छ ।
View : 214
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved