Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

खतिवडाको 'दुःख सुनाएर के काम' सार्वजनिक (भिडियो)

विराटनगर । गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत ‘दुःख सुनाएर के काम ?’ सार्वजनिक गरिएको छ । डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ । 

गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबमा तथा विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा अपलोड गरिएको छ ।

कतिपय अवस्थामा मानिस बिरामी भएर अस्पतालको शय्यामा छटपटिंदा आफ्नो नजिकको मान्छे खोज्छ, तर त्यस्तो बेला पनि साथ नपाउने अवस्थामा गीतकार खतिवडाले निकै मार्मिक ढंगले साथ मागेर के काम ? चाहिंदा खेरी पाइदैन भने, भन्ने भाव व्यक्त गरेका छन् । 

मानिसलाई स्वार्थी नबनौं, अरूको सुख–दुःखमा साथ दिऊँ भन्ने सन्देश यस गीतमार्फत दिएको पाइन्छ ।

गीतले मानवीय संवेदनशीलता तथा यथार्थतालाई उजागर गरेको छ ।

गीतकार नारायण खतिवडाका यसअघि पनि दर्जनौं गीतहरू सार्वजनिक भइसकेका छन् । 

सम्झनाका पाइलाहरू नामक गीति संग्रहमा १०९ वटा गीतहरू समावेश छन् । 

स्वार्थी संसार, स्वदेश छोडी, मनका कुरा, बिन्दास, देखुँ देखुँ, सन्देश पुर्याइदेऊ, मेरो कथा, चोखो चोखो लगायतका गीतहरू बजारमा लोकप्रिय छन् । 

हाल सरकारी सेवामा कार्यरत खतिवडा गीत, कविता तथा समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका छन् । 

सामाजिक परिवेश, घटनाक्रम, वर्तमान परिस्थिति, संयोगान्त र वियोगान्त विषयवस्तुका साथै राष्ट्र र राष्ट्रियताको पक्षलाई कलात्मक र सन्देशमूलक रूपमा साहित्यमा उतार्ने सशक्त स्रष्टा खतिवडाको पछिल्लो सिर्जना दुःख सुनाएर के काम ? गीत सामाजिक सन्देश र मानवीय पक्ष बोकेर आएको छ ।

चर्चित संगीतकार दीपक शर्माको संगीत र सुमधुर स्वरका धनी स्वरूपराज आचार्यको स्वरले यस गीतलाई झनै मार्मिक हृदयस्पर्शी बनाएको छ ।

View : 97

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved