विराटनगर । पत्रकारिता क्षेत्रका नवप्रवेशीहरूलाई सोमबारदेखि आधारभूत पत्रकारितासम्बन्धी सात दिने तालिम विराटनगरमा सुरु गरिएको छ ।
नेपाल पत्रकार महासंघ मोरङको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा आधारभूत पत्रकारिता तालिम सुरु भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पत्रकारको क्षमता विकासमा तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
सरकारले आगामी आर्थिक वर्षदेखि सरकारले पत्रकारिता क्षेत्रमा प्रादेशिक सञ्चार प्रतिष्ठानमार्फत तालिम आयोजना गर्ने बताए । प्रतिष्ठान गठनका लागि सरकारले संसदमा रोकिएको आमसञ्चार विधेयक आगामी असार महिनाभित्र पास गरिने बताए ।
महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा आयोजित तालिमको उद्घाटनका अवसरमा पत्रकार सम्वद्ध संघसंगठनका नेताहरूले शुभकामना दिएका थिए ।
असार १ गतेसम्म सञ्चालन हुने तालिममा ३३ जनाको सहभागिता रहेको महासंघका सचिव नेत्र पी अधिकारीले बताए ।
View : 57
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved