Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सलकपुर खानेपानीमा मिश्रित परिणाम

उद्‌घोष सम्वाददाता
२७ जेठ २०८२, मङ्गलवार

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकास्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचनमा मिश्रित परिणाम आएको छ ।

शनिबार भएको निर्वाचनमा तीन अलग–अलग समूह प्यानलै चुनाव लडेका थिए ।

मतगणनाको परिणाम अनुसार अध्यक्षमा सलकपुर स्वतन्त्र युवा समूहका उम्मेदवार रामकुमार तामाङ विजयी भएका छन् ।

अध्यक्षमा विजयी तामाङले ५ सय ९५ मत ल्याए । समितिको उपाध्यक्षमा लोकतान्त्रिक समूहबाट दीपक गुरूङ विजयी भए । गुरूङले ७ सय मत ल्याए । 

त्यसैगरि सचिवमा सलकपुर स्वतन्त्र युवा समूहका सुरेश दाहाल निर्वाचित भएका छन् । उनले ४ सय ३५ मत ल्याए । 

सहसचिवमा स्वतन्त्र समूहकै चिरञ्जीवी सुवेदीले ५ सय ६९ मत ल्याएर विजयी भए । कोषाध्यक्षमा लोकतान्त्रिक समूहकी साबित्रा पोखरेलले ६ सय ७४ मत ल्याएर विजयी भइन् ।

महिला सदस्यमा प्रगतिशील समूहकी सुनिता घिमिरे ५ सय ९३ मत र लोकतान्त्रिक समूहकी बबिता कार्की अधिकारीले ४ सय ७२ मत ल्याएर विजयी भए । 

त्यसैगरि खुला सदस्यमा लोकतान्त्रिक समूहका ज्ञानबहादुर खड्का ६ सय ३२ मत, स्वतन्त्र समूहका देवेन्द्र भट्टराई ५ सय २२ मत, स्वतन्त्र समूहका रोशन कार्की ४ सय ८२ मत र प्रगतिशील समूहका लीलाप्रसाद दाहाल ४ सय ६७ मत ल्याएर विजयी भएका छन् ।

लेखा समिति संयोजकमा लोकतान्त्रिक समूहका सरोज भट्टराईले ६ सय १० मत ल्याएर विजयी भए । 

लेखा सदस्यमा लोकतान्त्रिक समूहकी मन्दिरा थापा ५ सय ४५ मत र प्रगतिशील समूहका विष्णु प्रसाईं ५ सय २९ मत ल्याएर विजयी भएका छन् ।

सलकपुर खानेपानीमा २ हजार ५ सय ४८ उपभोक्ता रहेका छन् । जसमा १७ सय २१ मत खसेको थियो ।

View : 81

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved