Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

महानगरका जनप्रतिनिधिसँग एमालेले गर्यो अन्तरक्रिया

उद्‌घोष सम्वाददाता
२७ जेठ २०८२, मङ्गलवार

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले महानगरपालिकामा निर्वाचित पार्टी निकट जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको छ । 

सोमबार आयोजित अन्तरसंवादमा पार्टी र जनप्रतिनिधिबीच अझ बलियो सम्बन्ध स्थापित गर्ने, पालिका र वडा तहमा संयन्त्र निर्माण गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको महानगर कमिटीका अध्यक्ष बलराम गिरीले बताए । 

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं मोरङ इन्चार्ज जीवन घिमिरेले एमालेको नीति, संगठन निर्माण र पार्टीबाट निर्वाचित जनप्रतिनिधिको भूमिकाबारे प्रस्तुतिकरण गरेका थिए ।

उक्त अवसरमा कोशी प्रदेश कमिटी उपसचिव देवान राई, मोरङ जिल्ला कमिटीका अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीसहित वडाध्यक्ष र वडा सदस्यहरूको उपस्थिति रहेको जनाइएको छ ।

View : 66

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved