Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

एभरेष्टका दुई विद्यार्थी राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा छनौट

उद्‌घोष सम्वाददाता
१८ जेठ २०८२, आइतवार

विराटनगर । राष्ट्रिय खेलकुद परिषद्‌को आयोजनामा जेठको २२ र २३ गते हुने १४ वर्ष मुनिको राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा कोशी प्रदेशबाट ६ जना खेलाडी छनौट भएका छन् । छनौट हुनेमा दुई विद्यार्थी विराटनगर-५ स्थित एभरेष्ट स्कुलका रहेका छन् ।

प्रतियोगीतामा एभरेष्टका विद्यार्थीहरु कृपा पोखरेल र सक्षम बस्नेत छनौट भएका हुन् । त्यसैगरी श्रीश्री रबिशंकर स्कुलकी स्वस्तिका चौधरी, धरानका गौतम तामाङ र श्रेया सुवेदी, इटहरी सुनसरीका कविर आचार्य पनि छनौट भएका छन् ।

सुनसरीको इटहरी रंगशालामा सम्पन्न छनौट प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन् ।

अखिल नेपाल टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष अनुज बानियाँका अनुसार, राष्ट्रिय प्रतियोगितामा ब्याईज सिंगल्स तर्फ सक्षम, गौतम र कविरले कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।

गर्ल्स सिंगल्स तर्फ कृपा, स्वस्तिका र श्रेया सहभागी हुने जनाइएको छ ।

काठमाडौंमा हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि परिषद्‌ले जिल्लामा जेठ १२ र प्रदेश स्तरीय छनौट जेठ १७ गते आयोजना गर्ने पत्राचार गरिसकेको थियो ।

राष्ट्रिय प्रतियोगितामा दुई खेलाडी छनौट हुन सफल भएको भन्दै एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरीले भने, "विद्यार्थीको सर्वाङ्गिण विकासको लागि लगानीको प्रतिफलका रूपमा हामीले यो उपलब्धि प्राप्त गरेका छौं । हरेक क्षेत्रमा हाम्रा विद्यार्थी अब्बल हुनुपर्छ भन्ने विश्वासका साथ हामीले सोहि अनुसारको वातावरण तयार गरेका छौं ।"

View : 191

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved