विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखका रूपमा हालै सरूवा भएर आएका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई मोरङ उद्योग व्यापार संघले स्वागत गरी छलफल गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष अनिलकुमार साहसहित उपाध्यक्ष अनिल सारडा, विकासकुमार बेगवानी, प्रवक्ता दिपेश सुवेदी लगायतले प्रहरी नायव महानिरीक्षक कार्कीलाई संघमा स्वागत गरी छलफल गरेका थिए ।
कार्यक्रममा कावा अध्यक्ष साहले प्रहरी नायव महानिरीक्षकलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गरेका छन् । आइतबार भएको निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा सम्पूर्ण शाखाहरू लगायत हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका थिए ।
निरीक्षण प्रश्चात प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरूसहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिएका थिए ।
उनले प्रहरीले प्रदान गर्ने सेवा नागरिक मैत्री, पीडितमैत्री तथा सेवाग्राहीको हितलाई ध्यानमा राखि आर्थिक प्रलोभनमा नपरी व्यावसायिक प्रहरीको भूमिका निर्वाह गरी समाजमा शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले प्रदेश प्रहरी प्रमुख कार्कीलाई सुनसरी जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्य योजना, सुरक्षा चुनौतीहरू र प्रदेश प्रहरी कार्यालयसँगको अपेक्षा सहितको प्रस्तुतिकरण गरेका थिए ।
View : 84
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved