सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोगमा परोपकार महिला समूहले आयोजना गरेको १५ दिने बेकरी तालिम बिहीबारदेखि सुरू भएको छ ।
सुन्दरहरैंचा वडा नं. १२ स्थित गोल्डेन क्राउनमा सुरु भएको तालिममा २४ जना महिलाहरूको सहभागिता रहेको छ ।
सुन्दरहरैंचाकी उपप्रमुख अकली चौधरीले तालिमको उद्घाटन गरेको थिइन् ।
महिलाहरूलाई व्यावहारिक सीप प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले यस्तो तालिम आयोजना गरिएको परोपकार महिला समूह सुन्दरहरैंचाकी अध्यक्ष निरु बजगाईले जानकारी दिइन् ।
View : 247
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved