विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको अध्यक्षमा युवा व्यवसायी संजीव सिग्देल निर्वाचित भएका छन् । सिग्देलले १२५ मत प्राप्त गर्दै प्यानलै निर्वाचित भएका हुन् ।
अध्यक्षका प्रत्यासी नर बहादुर भण्डारीले ९९ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष र महासचिवमा पनि सिग्देल प्यानलकै अशोक पोद्दार र रमेश श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा रामचन्द्र दाहाल र कोषाध्यक्षमा खगेन्द्र सिग्देल निर्वाचित भए । उनीहरू समेत सिग्देल प्यानलकै हुन् ।
सदस्यतर्फ दिलिप कुमार धाडेवा, युवराज श्रेष्ठ, विरबहादुर गिरी, दिनेश सिग्देल, ध्रुवप्रसाद काफ्ले, तुलसी पोखरेल र मेखबहादुर अधिकारी निर्वाचित भएका छन् ।
संघको शनिबार विराटनगरमा सम्पन्न १७ औं अधिवेशनबाट उनीहरू निर्वाचित भएको जनाइएको छ ।
संघको गत फागुन २३ गते आयोजित ३३ औं साधारणसभा तथा १७ औं अधिवेशनको उद्घाटन भएर पनि भण्डारी पक्षले गणपुरक संख्याबारे विवाद गर्दा स्थगित बनेको थियो ।
संघको विधान अनुसार शनिबार पुनः भएको अधिवेशनमा भण्डारी समुह नै पराजित बनेको हो ।
View : 706
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved