एमाले महानगर निर्वाचन
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन कमिटीले मनोनयन दर्ताका लागि फाराम वितरण अघि बढाएको छ ।
मंगलबार उद्घाटन भएको दोस्रो महानगर अधिवेशनले १०१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने जनाइएको छ । त्यसका लागि प्रतिनिधिको क्षेत्रगत संख्या तोकिसकिएको जनाइएको छ ।
अध्यक्ष मण्डलले प्रतिनिधिको संख्याको आधारमा वडा कमिटीले सिट संख्या पाउनुपर्नेमा एउटै मापदण्ड अपनाएको भन्दै प्रतिनिधिहरूले विरोध जनाएका थिए ।
महानगर कमिटीको अध्यक्षमा वर्तमान अध्यक्ष रोहित कोइराला र सचिव बलराम गिरी (नविन) को नेतृत्वमा प्यानलै निर्वाचन हुने तयारी भइरहेको छ । निर्वाचन कमिटीले मनोनयन दर्ताको प्रक्रिया अघि बढाएसँगै आकांक्षीहरू मनोनयन फाराम लिन लाइनमा लागेका छन् ।
निर्वाचन कमिटीले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी मतदान पनि राती नै सम्पन्न गर्ने तयारी अघि बढाएको जनाइएको छ ।
निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत दिपेश बाँस्तोलाले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार आजै राती ११ बजेबाट मतदान सुरु हुनेछ ।
View : 301
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved