विराटनगर । सशस्त्र प्रहरीका दुई गोताखोर उद्धार अभ्यासका क्रममा बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी स्रोतका अनुसार अभ्यासका क्रममा दुई गोताखोर बेपत्ता भएकोले खोजी कार्य जारी रहेको जनाइएको छ ।
स्रोतका अनुसार सप्तकोशी नदीमा अभ्यासरत गोताखोर टोलीका सशस्त्र प्रहरी जवान सुरज साउद र हर्देव राजवंशी बेपत्ता भएको जनाइएको छ । तर प्रहरीले वेपत्ताहरूको नाम पुष्टि गरेको छैन । अहिले सशस्त्र प्रहरीको टोलीले मोटर बोटको सहयोगमा बेपत्ताहरुको खोजी गरिरहेको छ ।
उनीहरू बिहीबार विहानदेखि कोशी ब्यारेजमा सप्तरीतर्फ विपद् खोज तथा उद्धार अभ्यासका क्रममा बेपत्ता भएको जनाइएको छ ।
View : 219
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved