Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

इन्डो नेपाल क्रिकेट : झापालाई हराउँदै पटना सेमिफाइनलमा

उद्‌घोष सम्वाददाता
२६ चैत २०८१, मङ्गलवार

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा विजयी हुँदै भारतको हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटना सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको जुट मिल खेलमैदानमा सोमबार भएको खेलमा पटनाले झापा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको झापा १८.५ ओभरमा अलआउट हुँदै १३७ रन बनाउन सफल भयो ।

जवाफी ब्याटिङमा पटनाले १३८ रनको लक्ष्य १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । 

पटनाका सुर्दशन सिंहले आक्रमक ब्याटिङ प्रदर्शन गर्दै ५२ बलमा अविजित ८३ रन बनाए । उनले ६ छक्का र ७ चौका प्रहार गरे । उनी खेलको  उत्कृष्ट खेलाडी घोषित भएर नगद तीन हजार पाए ।

आयोजकका अनुसार मंगलबार दुई खेलहरू हुनेछन । पहिलो खेलमा आयोजक मिल्स क्रिकेट क्लब र होराइजन क्रिकेट बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) विराटनगर र सुपोल क्रिकेट क्लब (मुन) बीच हुनेछ ।

View : 55

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved