Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार नै प्रदेशमा सरकार: मुख्यमन्त्री कार्की

उद्‌घोष सम्वाददाता
१४ साउन २०८१, सोमवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार नै प्रदेशमा एमाले र कांग्रेसको सरकार निर्माण हुने बताएका छन् ।

कोशी सरकार विस्तारबारे पार्टीभित्र काठमाडौंमा छलफल गरेर सोमबार विराटनगर फर्किएका मुख्यमन्क्री कार्कीले शत्ति संख्याको आधारमा एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय पाउने सहमति भइसकेको जानकारी दिए । 

‘राष्ट्रिय राजनीतिमा जुन समिकरण बन्यो, त्यसमा जाने भनेर नेकपा एमाले र नेपाली कांग्रेसबीच सहमति भएको छ’ मुख्यमन्त्री कार्कीले भने, ‘कसरी सहकार्य गर्ने भन्ने सन्दर्भमा चैं राजनीतिक कुराहरु माथिबाट जे टुंगिन्छ त्यसमा जाने हो, नेतृत्व आलोपालो आदि कुरा राजनीतिक कुरा हो, यो माथिबाटै टुंगिन्छ ।’

उनले प्रदेशमा मन्त्रालयको संख्या नबढाउने स्पष्ट पारे । नौ वटा मन्त्रालयहरु मध्ये दुई दलबीच बाँडफाँट गर्दा शक्ति संख्याको आधारमा कांग्रेसको ४ र एमालेको ५ वटा मन्त्रालय हुने बताए ।

साथै कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिए एक दुईदिनभित्रै मन्त्रिमण्डल विस्तार गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भई कार्यान्वयनमा गइसकेकोले यसमा पुनरालोकन नहुने  स्पष्ट पारे । आवधिक समयमा नमिलेको बजेटलाई कानुन बमोजिम सच्याउने सकिनेमा भने भने आफु लचिलो भएको बताए ।

View : 206

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved