विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा ३० जना ज्येष्ठ नागरिक र उनीहरूका संरक्षकहरूलाई असल संरक्षक सम्मान प्रदान गरिएको छ ।
गाउँपालिकाका २ नम्बर वडा कार्यालयले बिहीबार उनीहरूलाई ‘जेष्ठ नागरिक तथा असल संरक्षक सम्मान’ प्रदान गरेको हो ।
गाउँपालिकाकी प्रमुख राजमती इङ्नामले सम्मानपत्र प्रदान गरिन् । उनले जेष्ठ नागरिकहरू समाजका आधारस्तम्भ भएपनि आफ्नै घरमा अपहेलनामा पर्ने गरेको बताइन् । यस्तो अवस्थामा कानुनी उपचार लिन आग्रह गरिन् ।
गाउँपालिकाले पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्ने गरेको जानकारी दिइन् ।
वडाध्यक्ष सुशील बुढाथोकीले समाजमा ज्येष्ठ नागरिकप्रति जम्मेवारी र आदरभाव व्यक्त गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताएका थिए ।
View : 196
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved