विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको आव २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भनि प्रदेश सभामा राखेको प्रस्ताव बहुमतले पारित सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे ।
सरकारको नीति तथा कार्यक्रममाथि माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बुले दर्ता गरेको संशोधन प्रस्तावका आंशिक बुँदा सरकारले स्वीकार गरेपछि बहुमतले पारित भएको हो ।
View : 411
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved