सरोज पोखरेलमाथि मोरङ क्याम्पसमा आक्रमण प्रकरण
विराटनगर । नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेलमाथि महेन्द्र मोरङ क्याम्पसमा आक्रमण गर्नेहरुविरुद्धको किटानी जाहेरी दर्ता गर्न नमान्ने मोरङ प्रहरीलाई अदालतले त्यसको कारण माग गरेको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीश नरेशकुमार चौधरीको एकल इजलासले पोखरेलले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै प्रहरीसँग कारण माग गरेको हो । पोखरेलले जाहेरी दर्ताका लागि परमादेश माग्दै रिट दायर गरेका थिए ।
उनले क्याम्पसका तत्कालीन स्ववियु सभापति जशवन्त पौडेल, सनिम ठकुरी, प्रशान्त यादव, प्रज्ज्वल अधिकारीविरुद्ध किटानी जाहेरी दिन खोजेका थिए ।
मोरङ प्रहरीले आफ्नो जाहेरी दर्ता गर्न नमानेको भन्दै पोखरेल अदालत गएका थिए ।
अदालतले प्रहरीलाई जाहेरी दर्ता किन नगरेको हो भनेर सोध्दै १५ दिनभित्र कारण देखाउन भनेको हो ।
View : 487
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved