Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विश्व वातावरण दिवस

शान्ति समाजद्वारा वृक्षरोपण र जलवायु सम्वाद

उद्‌घोष सम्वाददाता
२२ जेठ २०८२, बिहिवार


विराटनगर।  विश्व वातावरण दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाज मोरङले  बिहीबार विराटनगरमा वृक्षरोपण तथा जलवायु सम्वाद कार्यक्रम गरेको छ ।

समाजले विराटनगर महानगरपालिकालाई हरित नगरी बनाउने अभियान लागेका अभियन्ता पारुल क्षेत्रीस“ग मिलेर कोशी राजमार्गको कञ्चनवारी क्षेत्रमा सामुहिक रुपमा वृक्षरोपण गरेको हो । शान्ति समाज मोरङ सभापति प्राडा जीवनकुमार ढकालको संयोजकत्वमा सो वृक्षरोपण भएको हो । 

यसैगरी बिहीबार सा“झमा पारुल क्षेत्री प्रमुख वक्ता रहेको जलवायु संवाद कार्यक्रम गरिएको जनाइएको छ ।  मानवअधिकार तथा शान्ति समाजले जलवायु न्यायका लागि समाजको विषेश अभियान अन्तर्गत आयोजित सो जलवायु संवाद कार्यक्रममा शान्ति समाजको अवधारणापत्र उपसभापति अशोक लामाले वाचन गरी  अख्तियार गरेका विषयहरु प्रष्ट पारेका थिए ।

View : 265

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved