विराटनगर । जिल्ला कारागार सोलुखुम्बुका कैदीबन्दीमा ठेउलाको संक्रमण देखिएको छ । कारागारमा २८ जना कैदीबन्दीमा ठेउला संक्रमण भएपछि उपचार सुरू गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए ।
जिल्ला अस्पताल फाप्लुका चिकित्सकको टोलीले संक्रमित कैदीबन्दीको चेकजाँच गरे मलम र सिटामोल उपलब्ध गराएको जनाइएको छ ।
‘कैदीबन्दीलाई ठेउला संक्रमण भएको रहेछ, मेडिकल टिमले जम्मा २८ जनाको चेकजाँच गरेर उपचार गरिसकिएको छ’ प्रजिअ घिमिरेले भने, ‘सुरूमा ४ जनालाई संक्रमण भएर फैलिएको पाइएको छ, अब उपचार अघि बढिसकेको छ ।’
कैदीबन्दीको जिउमा खटिरा देखिन थालेपछि उपचारका क्रममा चिकित्सक टोली ठेउला भएको पुष्टि गरेको हो ।
कारागारमा कैदीबन्दीको स्वास्थोपचारमा खटिएका अहेबलाई पनि ठेउलाबाट संक्रमण भएपछि चिकित्सक टोली परिचालन गरिएको प्रजिअ घिमिरेले बताए ।
सोलु कारागारमा १० महिलासहित ९६ जना कैदीबन्दी रहेका छन् ।
View : 182
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved