Biratnagar, Morang, Nepal
२९ चैत २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा नर्स हत्या प्रकरण:

हत्याको आशंकामा प्रहरीले खोजिरहेका प्रेमी भनिएका युवक पनि झुन्डिएको अवस्थामा फेला

उद्‌घोष सम्वाददाता
५ चैत २०८०, सोमवार

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजकी स्टाफ नर्सको हत्याको आशंकामा प्रहरीले खोजी गरिरहेका व्यक्ति पनि झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मोरङ प्रहरीका अनुसार आइतबार राती करीव २३ वर्षीय शिवशंकर दास पनि नोबेल छेउकै फाइन होटलको कोठामा झुन्डिएको अवस्था भेटिएका हुन् ।

२२ वर्षीया नर्स चन्द्रिका कुमारी दासको हत्या उनकै ब्वाइफ्रेन्डले गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो । विराटनगर–४ बुढाथोकी मार्गस्थित धिरेन्द्र गिरीको घरमा लिएको कोठा भाडा लिएर बस्दै आएकी दासको शव शुक्रबार मध्यान्हतिर सोही ठाउँ कोठाभित्रै शौचालयमा फेला परेको थियो ।

उक्त घटना मृत भेटिएकी स्टाफ नर्स दासकै ब्वाइफ्रेन्डले गरेको हुनसक्ने आशंका घटनाको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको थियो ।

हत्यामा संलग्न रहेको आरोप लागेका उनले नै प्रेमिका भनिएकी नर्स दासको शव शौचालयभित्र राखेर त्यसको फोटो खिचेर आफुले हत्या गरेको जानकारीसहित सोही घरमा भाडामा बस्ने मृतकका साथीहरुलाई ह्वाट्सएपबाट पठाएको प्रहरीले जनाएको थियो । तर घटनाले पछि अर्कै मोड लिएको प्रहरीको भनाई छ ।

नर्स दासमाथि धारिलो हतियारले घाँटी, टाउको र शरीरमा प्रहार भएको पाइएको थियो । चन्द्रिकासँग प्रेममा रहेका दास फागुन २७ मा मलेसियाबाट फर्किएर २९ गतेदेखि उनीहरु सँगै कोठामा बस्दै आएको खुलेको छ । शिवशंकर मलेसिया गएपछि चन्द्रिकाले सिरहाकै अमिन धानुकसँग नजिक भएको आरोपमा उनले प्रेमिकाको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

उनको हत्यापछि फरार रहेका प्रेमी भनिएका शिव शंकर आइतबार राती नोबेल मेडिकल कलेजको गेट अगाडीको फाइन होटलको कोठा नम्बर १०२ मा मृत फेला परेको प्रहरीले जनाएको छ ।

View : 713

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved