विराटनगर । विराटनगरस्थित कान्तिपुर स्कुलको बसबाट ३८७ थान कुर्ती बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय रानीले बसबाट कुर्ती बरामद गरेको हो ।
प्रदेश १–०२–००२ख ००९ नम्बरको बसले जोगवनी रुटमा विद्यार्थी बोक्दै आएको थियो ।
बसबाट बरामद गरिएको कुर्ती भन्सार कार्यालयमा दाखिला गरिएको र बस नियन्त्रणमा लिएको जनाइएको छ ।
यसैबीच, उक्त बस आफ्नो नभएको कान्तिपुर कलेजले प्रष्टिकरण दिएको छ । आफ्नो कलेजको नामसँग मिल्दो अर्कै विद्यालयको बस भएको कलेजका एक संचालकले जानकारी दिएका हुन् ।
View : 627
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved