Biratnagar, Morang, Nepal
४ वैशाख २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

कानेपोखरीमा जग्गा नापजाँचको काम सुरु

उद्‌घोष सम्वाददाता
२७ चैत २०८१, बुधवार

विराटनगर । भूमि समस्या समाधान आयोगले मोरङको कानेपोखरीमा जग्गा नापजाँचको काम सुरु गरेको छ । 

वडा नम्बर ७ स्थित प्रोगेसिभ टोलमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको जनाइएको छ । 

जग्गा नापजाँचको कामलाई वडा नम्बर ४, ५ र ६ मा समेत एकैसाथ अघि बढिरहेको कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामले बताइन् । 

यसअघि वडा नम्बर ४ र ६ मा जग्गा नापजाँचको काम सुरु भइसकेको र भूमि समस्या समाधान आयोगसँग समन्वयमा थप कर्मचारीको व्यवस्था गरेर वडा चारै वटा वडामा एकैसाथ जग्गा नापजाँचको काम अघि बढ्ने अध्यक्ष इङ्नामले बताइन् । 

उनले जग्गा नापजाँचमा खटिने प्राविधिक कर्मचारी र उनीहरूलाई आवश्यक उपकरणहरू समेत कमी हुन नदिने बताइन् । 

कानेपोखरीको भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न जग्गा नापचाँचको कामलाई तीब्रता प्रदान गर्ने भूमि समस्या समाधान आयोग मोरङका अध्यक्ष नवीन पौडेलले बताए । 

उनले जग्गा नापजाँचका लागि कानेपोखरी गाउँपालिकाले कर्मचारी र कार्यालय व्यवस्थापन गरिदिएर ठुलो सहयोग गरेको बताए । 

कामले तीब्रता पाएका कारण वडा नम्बर ६ मा चाँडै सम्पूर्ण प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिने जनाइएको छ । 
कानेपोखरीमा भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या ५ हजार ८२ जना भूमिहीन सुकुम्बासी समस्या समाधान आयोगको तथ्यांकमा उल्लेख छ ।

View : 118

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved