विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै निशुल्क ब्रिज कोर्षको कक्षा सञ्चालन गर्ने भएको छ ।
यही बैशाख ७ गतेदेखि सुरु हुने ब्रिज कोर्षमा एभरेष्ट स्कुलका विद्यार्थीसँगै अन्य विद्यालयबाट एसईई दिएका करिब तीन सय विद्यार्थीलाई निशुल्क .कक्षा सञ्चालन गर्ने प्राचार्य टीकाराम पुरीले बताए ।
उनका अनुसार ब्रिज कोर्षमा व्यवस्थापन र विज्ञान संकायका शैक्षिक पाठ्यक्रमसँगै अन्य विभिन्न क्रियाकलाप समेत गराइनेछ ।
एआई प्रोग्रामिङ, रोबोटिक्स कक्षा, अंग्रेजी भाषा कक्षा, फुटबल, पौडी तथा बास्केटबलका समेत कक्षाहरु सञ्चालन हुनेछन् ।
View : 54
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved