Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
समाज

मानगढ खानेपानी निर्वाचन : ५ बजेसम्म मतदान, ५४ प्रतिशत मत खस्यो

उद्‌घोष सम्वाददाता
१० जेठ २०८२, शनिवार

विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजना संचालन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका मतदान जारी रहँदा ५४ प्रतिशत मत खसिसकेको छ । 

शनिबार विहान ७ः१५ बजे मतदान सुरु भएको थियो । अपरान्ह ३ बजे नै ५४ प्रतिशत मत खसेको जनाइएको छ ।

विराटनगर–१ पुष्पलाल चोकस्थित जनता क्याम्पसको हाताभित्र १२ वटा वडागत बुथमा मतदान जारी छ । 

निर्वाचनमा ५ हजार ९८८ उपभोक्ता मतदाता रहेका छन् ।

साँझ ५ बजेसम्म हुने मतदानमा अध्यक्ष पदका लागि लालमणि भट्टराई, राम बहादुर घिमिरे र दुर्गा चापागाईँ प्यानलै मैदानमा उत्रिएका छन् ।

View : 253

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved