Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बिजनेस कलेजले जित्यो युनिक आइडिया अवार्ड

उद्‌घोष सम्वाददाता
४ पुष २०८१, बिहिवार

विराटनगर । नेपाल बिजनेस कलेज, विराटनगरले युनिक आइडिया एण्ड फिजिविलिटी विधा अन्तर्गत राष्ट्रियस्तरको आईटी प्रतियोगितामा  उत्कृष्ट भई पचास हजार नगद जितेको छ । 

काठमाडौंमा सम्पन्न तेस्रो संस्करणको कोडफेस्ट, ह्याकथन सो प्रतियोगितामा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्दै  नेपाल बिजनेस कलेज, विराटनगरले सो उपाधि हात पारेको हो । 

मंसिर २८–३० गतेसम्म तीनदिन काठमाडौंमा सम्पन्न उक्त ह्याकथनमा नेपाल बिजनेस कलेजबाट बीआइटीमा अध्ययनरत बिद्यार्थीहरु क्रमशः जितेन मण्डल, अबुजर खान, रुजल बानिया र ओसामाले प्रतिनिधित्व गरेका थिए । 

बिद्यार्थीहरुलाई उक्त प्रतिस्पर्धाका लागि बीआईटी संयोजक ओमर फारुक तथा आईटी विभागका अभय दासले बिषयसँग सम्बन्धित सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । व्याबसायिक ज्ञानका लागि बीबीए संयोजक श्रीमती पिङकी शर्माले सल्लाहकारको भूमिका निर्वाह गरेकी थिइन् ।

नेपालको सातै प्रदेशबाट प्रतिनिधित्व भएको सो कार्यक्रममा कुल १७ वटा टिमको सहभागिता थियो । 

विद्यार्थीहरुले कक्षा कोठामा पढाइको सिलसिलामा बुझेको कुराको व्याबहारिक तथा प्रयोगात्मक ज्ञान हासिल गर्न यस्ता कार्यक्रम उपयोगी हुने हुनाले कलेजले यस प्रकारका कार्यक्रममा बिद्यार्थीहरुलाई सहभागिताको लागि प्रोत्साहान गर्दै लाग्ने सम्पूर्ण खर्च समेत कलेजले गर्ने गरेको कलेजका प्रवन्ध निर्देशक  दीपक कोइरालाले बताए ।

गत साल इञ्जिनियरिङ कलेज धरानमा भएको ह्याकथन प्रतिस्पर्धामा समेत नेपाल बिजनेस कलेज प्रथम भएको थियो । विराटनगर–११ मा अवस्थित सो कलेजमा हाल बीबीए, बीआईटी, एमबीएमा गरी कुल ३ सय ७५ भन्दा वढी बिद्यार्थीहरु अध्ययनरत छन् । 

नबिन सोचलाई सफ्टवएरको माध्यमबाट प्रयोगकर्ता समक्ष पु¥याउने तथा एउटा भर्चुअल परिवार वेब एप बनाएको थियो, जहाँ प्रयोगकर्ताहरूले आफ्नो समस्या साझा गर्न र परिवारका विशेष पात्रहरूबाट सुझाव प्राप्त गर्न सक्थे ।

एआई फिचरलाई वास्तविक तथ्यांकका आधारमा प्रशिक्षण दिइएको थियो, जसले जनताले सामना गरेका समस्या र त्यसलाई कसरी समाधान गरे भन्ने जानकारी समेट्थ्यो । यो एआई फिचरले प्रयोगकर्ताहरूलाई उनीहरूको अवस्थालाई सम्बोधन गर्न व्यक्तिगत सुझाव दिने काम गर्थ्यो ।

View : 165

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved