Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा उपाधि सुन्दरहरैंचाले चुम्यो

२२ जेठ २०८२, बिहिवार

विटनगर । मोरङ जिल्लास्तरीय अन्तरपालिका  १५ औं  राष्ट्रपति रनिङ शिल्डको  उपाधि सुन्दरहरैंचा नगरपालिकाले चुमेको छ । दुईदिनसम्म विराटनगरस्थित शहीद रंगशालामा भएको सो प्रतियोगितामा सुन्दरहरैंचाले ३३ स्वर्ण,  १६ रजत र २ काँस्य गरी कुल ५१ पदक प्राप्त गरी उपाधि उचालेको हो । सो रनिङ शिल्ड सुन्दरहरैंचाले लगातार दोस्रो पटक जित हा“सिल गरी उचालेको हो । 

प्रतियोगितामा  विराटनगर महानगरपालिकाले  २४ स्वर्ण, १८ रजत र ६ काँस्य गरी कूल ४८  प्राप्त गरी दोस्रो र  रतुवामाई नगरपालिकाले ३ स्वर्ण, ८ रजत र ८ काँस्य गरी कुल १९ पदक प्राप्त गरी तेस्रो भए । 
तीन सय बढी खेलाडी (विद्यार्थी) सहभागी सो प्रतियोगितामा भलिबल, कपर्दी, एथलेटिक्स, करा“ते र तेक्वान्दो खेल गरी छ खेल खेलाइएको मोरङ जिल्ला खेलकुद विकास समितिका सदस्य एवम् जनपथ माविका प्रधानाध्यापक हरिप्रसाद पराजुलीले बताए ।

बुधबार भएको समापन समारोहमा मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरजबहादुर श्रेष्ठ, खेलकुद विकास वोर्ड कोशीका सदस्य सचिव कृष्ण वस्नेत  (प्रशुराम) ले विजयी खेलाडीलाई सम्मान गरेका थिए । 
 

View : 120

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved