विराटनगर । सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन् । ओझाले २९९ मतान्तरका साथ नेविसंघका विजय ओझालाई पराजित गरेका हुन् ।
एलिसले ९८५ मत प्राप्त गरे । पराजित बनेका विजयले ६८६ मत प्राप्त गरेको जनाइएको छ ।
सुकुना क्याम्पसको कोषाध्यक्षमा भने नेविसंघका सविना थापा निर्वाचित भएकी छन् । बाँकी पदमा अनेरास्ववियु नेतृत्वको प्यानलै निर्वाचित भएको जनाइएको छ । प्रत्यक्षतर्फका ८ र समानुपातिक १० सदस्यमा एलिसकै प्यानल निर्वाचित भएको हो ।
३ हजार ६८२ जना विद्यार्थी मतदाता रहेको सुकुना क्याम्पसमा मंगलबार निर्वाचन सम्पन्न भएको थियो ।
View : 202
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved